Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको बोनसपछिको शेयर मूल्य समायोजन

बुधबार, १९ मंसिर २०७५, ११ : १९ मा प्रकाशित

एनआईसी एशिया बैंकको बोनसपछिको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावअनुसार आज स्टकमा नयाँ शेयर मूल्य रु ३७१ हुने गरी समायोजन गरेको हो । उक्त बैंकको औसत आधारमूल्य भने रु ४१८ कायम भएको नेप्सेले जनाएको छ ।

लभांश शेयरपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ८३ करोड पुग्नेछ । यस्तै वित्तीय विवरण दिन अस्वीकार गरेको भन्दै स्टकले कारोबारमा रोक लगाएको नेपाल ल्युब आयलको कारोवार आजदेखि पुनः शुरु भएको छ ।

5c07645be1149.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको