Like us!
Follow us!
Connect us!
Watch us!

बैंकबिच व्याजदर बढाउने होडबाजी, कर्जाको व्याजदर बढ्नेमा ऋणकर्ता त्रासित

विहीबार, २० मंसिर २०७५, ११ : ३० मा प्रकाशित

बैंकबिच व्याजदर बढाउने होडबाजी, कर्जाको व्याजदर बढ्नेमा ऋणकर्ता  त्रासित

अर्थ संसार, काठमाडौं– बैंकर्स संघको बैठकले निक्षेपको व्याजर निर्धारण गर्नमा कुनै हस्तक्षेप गर्ने निर्णय गरेसँगै वाणिज्य बैकहरुले धमाधम बढेको व्याजदर सार्वजनिक गर्न थालेका छन् ।

वाणिज्य बैंकहरुले १३ प्रतिशतसम्म व्याजदर दिने घोषणा गरेका छन् । कुमारी बैंकले निक्षेपमा बार्षिक १३ प्रतिशत बार्षिक ब्याज दिने भएको छ । ३ वर्ष समयअवधि तोकेको छ । त्यसैगरी माछापुच्छ्रे बैंकले पनि व्यक्तिगत मुद्दती खातामा १२.५ प्रतिशत मासिक व्याज भुक्तानी दिने छ । यसको समयअवधि ५ वर्षसम्म तोकिएको छ ।

चर्काे व्याजर दिने अर्काे बैंक हो जनता बैंक नेपाल । मुद्दती निक्षेपमा मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याज दर कायम गरेको छ ।

बाणिज्य बैंकहरुमा पुँजीको अभावपछि चर्को ब्याज दरमा निक्षेप उठाउने अस्वस्थ्य प्रतिस्पर्धा वित्तीय क्षेत्रमा सुरु भएको छ । अब केही दिनमा माथिको व्याज भन्दा चर्काे व्याजदर दिन बैंकहरु आउन सक्नेछन् ।

यता, निक्षेपको व्याजदर बढेसँगै कर्जाको व्याजदर बढ्ने कुरामा ऋणीकर्ताहरु त्रसित भएका छन् । बैंकहरुविच व्याजदरमा अस्वस्थ्य प्रतिस्पर्धा सिर्जना हुँदा शेयर बजारलाई समेत असर परेको लगानीकर्ताहरुको भनाई  छ ।

बैंकहरुको सूचना

5c08bc774ad7f.jpg 5c08bc7ae7e55.jpg 5c08bc9f13dcf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको