Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाइड्रोले ९ करोडको IPO बिक्री गर्ने, वित्तीय अवस्था अति कमजोर

शनिबार, २२ मंसिर २०७५, १० : ४० मा प्रकाशित

सयपत्री हाइड्रोले ९ करोडको IPO बिक्री गर्ने, वित्तीय अवस्था अति कमजोर

अर्थ संसार, काठमाडौँ– साधारण शेयर बिक्रीको तयारीमा रहेको सयपत्री हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ ।

वित्तीय अवस्थाका बारेमा विश्लेषण गरेको केयर रेटिङ नेपालका अनुसार सो कम्पनीले केयर एनपी आइपिओ ग्रेड पाँच पाएको छ ।

त्यो भनेको कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्ने हो । कम्पनीले रु नौ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । त्यसका लागि नेपाल धितोपत्र बोर्डमा साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई रु तीन करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ । कम्पनीले बागलुङको दरमखोलामा नदी प्रवाहमा आधारित दुई दशमलव पाँच मेगावाट क्षमताको दरमखोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । आयोजनाबाट वार्षिक १३ दशमलव ४८ गिगावाट घण्टा ऊर्जा उत्पादन गरेको छ ।

कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हरिचौर सवस्टेशनमा जोडिने बताइए पनि सो सवस्टेशनको काम नसकिँदा समस्या परेको छ । जसका कारण कम्पनीको आम्दानी सोचेअनुसार हुन नसकेको देखिन्छ । सो आयोजनामा गैरआवासीय नेपालीको समेत लगानी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको