Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकमा लगानी गर्नु अघि हेरौं एक कम्पनी विश्लेषण

सोमबार, २४ मंसिर २०७५, ०८ : ३६ मा प्रकाशित

नबिल बैंकमा लगानी गर्नु  अघि हेरौं एक कम्पनी विश्लेषण

अर्थ संसार, काठमाडौं–निजी क्षेत्रको पहिलो स्थापित बैंक नबिल बैंक हो । यस बैंकले न्यू बिज बिजनेश कन्क्लेभ अवार्ड–२०१८ मा बेष्ट म्यानेज्ड कमर्शियल बैंकको अवार्ड प्राप्त गर्न सफल भएको थियो । २०७४/७५ को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १७ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चालू आव २०७५/७६ को पहिलो त्रैमासमा वितरणयोग्य नाफा रू. ९३ करोड ३१ लाख रहेको छ ।

नबिल बैंक लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, २४ मङ्सिर २०७५) गत आवको पहिलो त्रैमासको तुलनामा ९ दशमलव ६१ प्रतिशतले वृद्धि भएको हो । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. ८५ करोड १४ लाख थियो । रू. ८ अर्ब ४ करोड चुक्तापूँजी भएको कम्पनीले रिजर्भ कोषमा रू. १३ अर्ब ७९ करोड छुट्याएको छ । कम्पनीले रिजर्भ कोषको रकम गत आवको पहिलो त्रैमासको तुलनामा ९९ प्रतिशतले बढी छुट्याएको छ ।

कम्पनीको संस्थापक समूहतर्फ सञ्चालकको रूपमा निर्वाणकुमार चौधरी पुनः मनोनीत भएका छन् । उनले एनबी इण्टरनेशनल लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनलाई कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समिति बैठकले पदवहाली गरेको हो । कम्पनीले १ सय २६ ओटा एटीएम र ७४ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आव २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • पहिलो त्रैमासमा रू. १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेको कम्पनीले रू. १ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप १६ दशमलव ३९ प्रतिशत र कर्जा प्रवाह ३१ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ ।

  • कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १ अर्ब ३६ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पहिलो त्रैमासमा रू. १ अर्ब ८४ करोड आम्दानी गरेको छ । यो गत आवको तुलनामा ३५ प्रतिशतले वृद्धि भएको हो । सञ्चालन नाफा २४ प्रतिशतले बढेर रू. १ अर्ब ५० करोड पुगेको छ ।

  • पहिलो त्रैमासमा रू. ३ अर्ब ६१ करोड ब्याज आम्दानी गरेको कम्पनीको रू. १ अर्ब ७६ करोड ब्याज खर्च भएको छ । कर्मचारी खर्च २४ प्रतिशतले बढेर रू. ४९ करोड ४२ लाख पुगेको छ । पूँजीकोष लागत ५ दशमलव ६५ प्रतिशत र पूँजीकोष पर्याप्तता १२ दशमलव ६३ प्रतिशत रहेको छ ।

  • पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ३६ मूल्य आम्दानी अनुपात १८ दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. २ सय ७१ दशमलव ५२ रहेको छ । आइतवारको शेयरमूल्य रू. ८ सय ५२ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : कर तिरेपछिको नाफा/कुल सम्पत्ति

 

 

  • अर्निङ इल्ड रेशियो : प्रतिशेयर आम्दानी/प्रतिशेयर बजार मूल्य× १००

 

 

  • खरीद चाप : कम्पनीकोे आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म ४ हजार ६ सय १७ कित्ता शेयर खरीद र २ हजार ३ सय ९४ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

निष्कर्ष 
कम्पनीकोे ५७ दिनको कारोबार अवधिको अन्तिम दिनमा ड्र्यागन फ्लाई डोजी बुलिस आकृति बनेको छ । यस्तो आकृतिले शेयरमूल्य बुलिस ट्रेण्डमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनीयता भने समान्य रहेको छ । आरएसआई ओभरसोल्ड जोन १९ दशमलव ३६ बिन्दुमा छ । यसले शेयर विक्री चाप रहेको देखाउँछ । त्यस्तै, स्ट्याण्डर्ड डेभिएशन ६ दशमलव १७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औषत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल रहेको छ । पछिल्लो शेयर मूल्य रू. ८ सय ५२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ८९ मा प्रतिरोध पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको