बिहिबार, ०७ चैत २०७५
अन्तर्राष्ट्रिय पर्वतीय दिवस र पर्वतहरु
सोमबार, २४ मङि्सर २०७५

निनाम कुलुङ ‘मंगले’  

    
विश्व पर्वतीय दिवस र पर्वतहरुको कुरा गर्दा विश्वमा हाल विश्वले मान्यता दिएको १४ वटा हिमाल वा भनौं पर्वतमध्ये नेपालमात्रै ८ वटा छ ।

यसले नेपालको पर्यटन उद्योगमा मेरुदण्डकै काम गरेको छ भन्दा फरक पर्दैन । यसरी हेर्दा जसरी विश्वका अधिकांश देशहरुले विश्वभरिका अन्य देशका पर्यटकहरुलाई आफ्नो देशमा पर्वतारोहण, पदयात्रा, जलयात्रा आदिका लागि आकर्षित गर्ने गरेको छ । त्यसरी नै नेपालले पनि विश्वका धेरै भन्दा धेरै पर्यटकहरुलाई पदयात्रा र जलयात्राका साथै पर्वतारोहण वा हिमाल आरोहण गर्नका लागि बढी भन्दाारोहीहरुलाई आकर्षित गराउनु पर्ने देखिन्छ ।

हुन पनि पर्वतहरुको कुरा गर्दा ससाना पर्वतहरुको त कुरा छाडौं, नेपालमा हिमरेखा भन्दा माथिका लगभग १७ सयवटा हिमालहरु रहेका छन् भने नेपाल सरकारले पटकपटक गरेर लगभग चारसय हाराहारीका ५,५५० मिटर अग्लो हिमालहरु पर्वतारोहणका लागि खुल्ला गरेको छ त्यसमा छुकुङ–री देखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा (एभरेस्ट) लगायतका हिमालहरु रहेको छ । त्यस मध्ये नेपाल सरकारले ३३ वटा हिमाललाई “ट्रेकिङ पिकको” रुपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, परमिट वापत शुल्क उठाउने लगायतको जिम्मेवारी दिएर सुम्पेको छ । पर्वतारोहणका लागि खुल्ला गरिएका बाँकी हिमालहरु नेपाल सरकारको मातहतमा छ । हुन त नेपालका लागि हिमालहरु विभिन्न हिसावले वरदान नै सावित भएको छ । त्यसमा पनि हालसम्म मान्यता पाएको विश्वका आठ हजार मिटर भन्दा माथिका (अग्ला १४ वटा हिम शिखरहरु मध्ये) ८,८४८ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा (एभरेस्ट) नेपाल–चीन सिमाना, ८,५८६ मिटर कन्चनजंघा नेपाल–सिक्किम सिमाना ८,५१६ मिटर ल्होत्चे,  ८,४६३ मिटर मकालु, ८,२०१ मिटर चोओ–यु,  ८,१६७ मिटर धौलागिरी,  ८,१६३–मनास्लु,  ८,०९१ मिटर अन्नापूर्ण लगायत आठवटा (६० प्रतिशत) त नेपालमै छ ।  

त्यसैले सकेसम्म नेपाल आउने हरेक विदेशी पर्यटकहरुलाई संभव नभए तापनि धेरै भन्दा धेरै विदेशी पर्यटकहरुलाई नेपालको कुनै न कुनैै ट्रैकिङ पिक वा हिमाल आरोहणमा प्रोत्साहित गर्न सके नेपाल र नेपालीको आमदानी अरु बढ्न सक्ने थियो । तर, नेपाल सरकारको पर्यटन नीतिमै आवश्यक लचकता देखिदैन । जस्तै पर्वतारोहीहरुले हिमाल आरोहण गरे वापत लाग्ने सलामी शुल्ककै कुरो गरौं । अरु देशको तुलनामा १० सौं गुणा महँगो छ । अन्य अफिसियल कुरोहरुमा हुने अन्यावश्यक झन्झटहरु त छँदै छन् । नेपाल बाहेक आठ हजार मिटर भन्दा अग्लो हिम शिखर भएको देश चीन ८,८४८ मिटर चोमोलुङमा (एभरेस्ट) चीन–नेपाल सिमाना, ८,०१३ सिसा–पाङमा नेपाल–चीन सीमा र ८,६११ मिटर के–टु, ८,१२५ मिटर नांगा पर्वत पाकिस्तान, ८,०६८ मिटर गसेर बु्रम–१ पाकिस्तान–चीन सिमाना, ८,०५६ मिटर ब्रोड पिक, पाकिस्तान–चीन सिमाना, ८,०३४ मिटर गासेर ब्रुम–२, पाकिस्तान–चीन सिमाना हो । माथि उल्लेखित यी दुइवटै देशहरुमा पर्वतारोहीहरुले  हिमाल चढ्दा लाग्ने शुल्क नेपालको दाँजोमा ज्यादै कम छ ।

त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीहरुले कुनै पनि स–साना हिमाल देखि लिएर ठूला हिमालहरु चढ्दा लाग्ने शुल्क अर्थात् सलामी तस्तुर घटाउने लगायत अन्य अफिसियल झन्झटहरु हटाउने तर्फ सोच्नै पर्ने देखिन्छ । हुन त पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्कको कुरो गर्दा नेपालको सुदूर पश्चिम क्षेत्रमा रहेका केही हिमालहरु नेपाल सरकारले केही हिमालहरु निशुल्क र, केही हिमालहरु पचास प्रतिशत छुटमा चढ्नका लागि खुल्ला गरेको छ । तर भगौलिक दूरता र यातायातको कठिनाइले गर्दा हिंडेरै गएर चढेर फर्कँदा तीन–चार महिना भन्दा पनि बढी समय लाग्न सक्ने भएकोले अहिलेको जस्तो हतारोको जमानामा संभव नै छैन । त्यसमाथि आर्थिक रुपमा ज्यादै खर्चिलो पनि हुन्छ “–पर्वतारोहण । सायद त्यसैको प्रभाव स्वरुप हुन सक्छ, हालसम्म अपेक्षित रुपमा सफलता मिल्न सकेको छैन । भनिन्छ, ती निशुल्क चढ्न पाइने भनिएको केही हिमालहरु चढ्न पाऊँ भनी अनुमतिका लागि अहिलेसम्म कुनै विदेशी पर्वतारोही दल वा व्यक्तिले नेपाल सरकार, पर्यटन मन्त्रालय, उद्योग महशाखामा निवेदन हालेका छैनन् ! 

तापनि समग्रमा नेपालको पर्यटन उद्योग–व्यवसायमा सम्भावना कति छ भन्ने त नेपालमा पदयात्रा व्यवसाय चलाउनका लागि दर्ता भएका आठसय बहत्तरको हाराहारी ट्रेकिङ एजेन्सीहरु, एकहजार अठहत्तर वटा ट्र्राभल्स एजेन्सीहरु र चौरनब्बे  वटा जलयात्रा अर्थात् र्याफ्टिङ चलाउन खुलेका झण्डै त्यत्ति नै संख्यामा रहेका र्याफ्टिङ ऐजेन्सीहरु र दर्जनौं विमान सेवा कम्पनीहरुले नै बताउँछ । (यो तथ्याङ्क सन् २००७ सम्मको मात्रै हो ।) हाल ट्राभल एजेन्सीको संख्या १,८१४ र, टे्रकिङ एजेन्सीको संख्या १,०९६ पुगेको छ । ( यी दुवै संस्था हाल अरु बढेको छ ) यो संख्या नेपाल सरकार मातहत दर्ता भएका मात्रै हुन् । त्यस्तै पर्यटक (टुरिष्ट) गाईड २,६६८ जना र ६,७४५ जना पदयात्रा (ट्रेकिङ) गाइडहरु नेपाल सरकार, पर्यटन मन्त्रालय, उद्योग महाशाखा अन्तर्गत रहेको पर्यटन तथा होटल तालिम केन्द्र रविभवन, कालीमाटी, काठमाण्डौबाट तालिम प्राप्त र दक्षता हासिल गरेकाहरु छन् (यो संख्या पनिहल बढेको छ) भने लगभग त्यत्ति नै संख्यामा कुक सम्बन्धी तालिम गरेका दक्ष कुकहरु छन् ।

त्यसैले यस वर्षको पर्वतीय दिवसको अवसरमा नेपाल सरकार र नेपालका पर्यटन व्यवसायीहरु माथि उल्लेखित पर्यटन व्यवसायीहरुको संगठन, संघसंस्था, र, दक्षता हासिल गरेका कामदार व भनौं, मजदुरहरुलाई बाह्रैकाल कसरी रोजगार बनाउने ? भन्नेतर्पm सोचेर नयाँनयाँ कार्यक्रमहरु ल्याउने, पर्यटकीय  गत््न्तव्यहरु पहिचान गर्ने, नयाँनयाँ पर्वत वा भनौं हिमालहरु आरोहणका लागि खुल्ला गर्ने, यस्सरी खुल्ला गरिएका पर्वत वा भनौं हिमाल आरोहण गर्न आउने विदेशी पर्वतारोहीहरुलाई सहलियत दरमा सेवम र सुविधाहरु उपलब्ध गराउने लगायतका कार्यक्रमकमे खाका पनि तयार पार्ने दिशातर्फ अग्रसर हुनुपर्ने देखिन्छ ।

kehinajannekulung@gmail.com 

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved