Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको ऋण लिने तर, उद्योग सञ्चालन नगर्ने

मंगलबार, २५ मंसिर २०७५, ११ : ११ मा प्रकाशित

बैंकको ऋण लिने तर,  उद्योग सञ्चालन नगर्ने

अर्थ संसार, काठमाडौं  -ऋण लिने तथा उद्योग सञ्चालन नगर्ने प्रवृत्ति बाँके जिल्लामा बढ्दै गएको छ ।

जिल्लामा दर्ता भएका कतिपय घरेलु तथा साना उद्योग वर्षौंदेखि सञ्चालनमा छैनन् तर ती उद्योगका धनीले बैंकबाट ऋण लिनका लागि आफ्नो उद्योग, व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण गराउने गरेका छन् ।

सञ्चालनमा नआएका त्यस्ता उद्योगको अनुगमन गर्ने निकाय नभएकाले पनि ऋण लिन मात्र नवीकरण हुने गरेको सो कार्यालयका कर्मचारी बताउँछन् ।

“बैंकले ऋण उपलब्ध गराउन उद्योग नवीकरण प्रमाणपत्र माग गर्ने गरेकाले हामी नवीकरण गर्छौं, तर ती उद्योग सञ्चालन भए/नभएको अनुगमन गर्न सकिएको छैन,” निमित्त कार्यालय प्रमुख दुर्गा वलीको भनाइ छ ।

बाँकेमा अधिकांश सरकारी र निजी बैंकले घरेलु तथा साना उद्योग, व्यवसाय र कम्पनीलाई ऋण प्रवाह गर्दै आएका छन् । “वाणिज्य कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको आधारमा मात्र ऋण उपलब्ध गराइन्छ, बैंकले ऋण प्रवाह गरेका उद्योग, व्यवसायको तीन÷तीन महीनामा अनुगमनसमेत गर्दै आउँछ,” एनएमबी बैंक नेपालगञ्जका शाखाप्रमुख विनय गौतमको भनाइ छ ।

 साना तथा घरेलु उद्योग कार्यालय, बाँकेका अनुसार यस जिल्लामा अहिलेसम्म पाँच हजार ३६२ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये कति सञ्चालनमा छन् त्यसको तथ्याङ्क सो कार्यालयसँग छैन । कार्यालयमा गत आर्थिक वर्षमा ३९० उद्योग  नवीकरण गरिएको निमित्त प्रमुख वलीले बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको