Like us!
Follow us!
Connect us!
Watch us!

गोलाप्रथाबाट चैतारी लद्युवित्तको IPO शुक्रबार बाँडफाँड हुँदै, ५६ हजार ७० जनालाई १०कित्ता ,२ लाखबढीको हात रित्तै

विहीबार, २७ मंसिर २०७५, ११ : ४९ मा प्रकाशित

गोलाप्रथाबाट चैतारी लद्युवित्तको IPO शुक्रबार बाँडफाँड हुँदै, ५६ हजार ७० जनालाई १०कित्ता ,२ लाखबढीको हात रित्तै

अर्थ संसार, काठमाडौं– चैतारी लघुवित्तले निश्कासन गरेको साधारण शेयर (आइपिओ) शुक्रबार बाँडफाँड हुने भएको छ  ।

कम्पनीले यही मंसिर १९ गतेदेखि मंसिर १९ गतेदेखि कर्मचारीको लागि ९ हजार ३ सय कित्ता, सामूहिक लगानी कोषलाइ ३० हजार कित्ता र सर्वसाधारणको लागि ५ लाख ६० हजार ७ सय कित्ता गरी जम्मा ६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको अनुसार यस कम्पनीको साधारण शेयरमा  २ लाख ७३ हजार ५०० आवेदनबाट १ अर्ब ७१ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ता शेयर माग भएको छ । यो माग भन्दा  ३०.५० गुणा बढी आवेदन हो ।

कसरी हुन्छ बाँडफाँड ?

माग भन्दा ३०.५० गुणा बढी आवेदन परेपछि भाग्य हुनेले मात्र शेयर पाउनेछन् । गोलाप्रथा विधिबाट शेयर बाँडफाँड हुने विक्री प्रबन्धकले जनाएको छ । यसरी बाँडफाँड हुँदा ५६ हजार ७० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी २ लाख १७ हजार ४३० भन्दा बढी आवेदकले शेयर पाउनेछैनन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको