Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको आइपीओ आज दिउँसो ३ बजे बाँडफाँट हुँदै

बुधबार, ०४ पुस २०७५, ०८ : ३४ मा प्रकाशित

मध्य भोटेकोशीको आइपीओ आज दिउँसो ३ बजे बाँडफाँट हुँदै

अर्थ संसार, काठमाडौ स् मध्य भोटेकोशी जलविद्युत कम्पनीको १ करोड ४४ लाख कित्ता आइपीओ आज बाँडफाँट हुने तय भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार दिउँसो ३ बजे स्मार्ट क्याफे एण्ड ब्यांक्वेट धुम्बराहीमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम राखिएको छ । कम्पनीले दुई चरणमा बिक्री गरेको आइपीओ बुधबार एकैपटक बाँडफाँट गर्न लागिएको हो ।
 
मध्य भोटेकोशीले पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । जसमा १ लाख ३५ हजार ९८६ जना सञ्चयकर्ताले ३ करोड ६३ लाख ९५ हजार ३९० कित्ताका लागि आवेदन दिएका छन् ।
 
यस्तै, कम्पनीले दोस्रो चरणमा मंसिर १९ गतेदेखि २६ गतेसम्म संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई २१ लाख कित्ता र सञ्चय कोषका कर्मचारीलाई ६ लाख कित्ता सेयर गरी कुल २७ लाख कित्ता आइपीओ खुला गरेको थियो ।

जसमा ९ हजार ५३ जनाले ४५ लाख ३५ हजार ९५० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले अब फेरि सिन्धुपाल्चोकका स्थानीय बासिन्दा, मध्य भोटेकोशीकै कर्मचारी र सर्वसाधारणका लागि आइपीओ खुला गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको