Like us!
Follow us!
Connect us!
Watch us!

बम्जन आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

विहीबार, २६ पुस २०७५, १५ : ३८ मा प्रकाशित

बम्जन आश्रमबाट महात्मा गुरु नियन्त्रणमा

अर्थ संसार, सिन्धुली– बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।    

आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले हेटौँडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताउनुभयो । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताए पनि अन्य जानकारी भने दिएको छैन ।

यसैबीच सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि सिन्धुली आइपुगेको छ । उक्त टोलीले बुधबार बेलुका आश्रममा विगत तीन वर्षदेखि बस्दै आएका रामेछाप भिरपानी घर भएका २० वर्षीया सोनाम मुक्तान, तोप्चेन गुरुलगायतका व्यक्तिसँग सोधपुछ पछि स्थलगत अवलोकन गरेको थियो ।

रामबहादुर बम्जनको सिन्धुलीको पैरै, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमा मात्र आश्रम रहेको उहाँका अनुयायीले बताएका थिए । सत्यको खोजीका लागि यस धर्ममा लागेको र आफूहरूले ज्ञान प्राप्त गरिरहेको उनीहरूको भनाइ थियो । गुरु बन्द प्रशिक्षणमा रहनुभएकाले बम्जनलाई अहिले भेट्न नमिल्ने उनीहरूले प्रहरीलाई जवाफ दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको