Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफमा बीमा गर्नुहोस्, १८ रोग लागेमा उपचार खर्च पाउनुहोस्

विहीबार, २६ पुस २०७५, १९ : ०४ मा प्रकाशित

युनियन लाइफमा बीमा गर्नुहोस्, १८ रोग लागेमा उपचार खर्च पाउनुहोस्

अर्थ संसार, काठमाडौं– युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले कम्पनीमा प्रचलनमा ल्याईएको बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ ।

यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिनसकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्धसुरक्षा प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु हो । यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ ।

कम्पनीले अधिकृत पूंजीको ३० प्रतिशतका दरले ६४,५०,००० शेयर कित्ता शेयर सर्वसाधारणलाई आईपिओ जारी गर्ने प्रक्रियामा रहेको छ । कम्पनीले चालु आ.व. २०७५।७६ को मंसिर महिना सम्ममा प्रथम बीमाशुल्क रकम रु.७६,९५,६८,४२२।– आर्जन गर्न सफल भएको छ ।

कम्पनीले नेपालभर आफ्नो शाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गरी ब्यापार ब्यावसाय संचालन गरिरहेको छ ।
हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको