Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले २१.०५३ प्रतिशत लाभांश दिने

शुक्रबार, २७ पुस २०७५, ११ : ४७ मा प्रकाशित

कृषि विकास बैंकले २१.०५३ प्रतिशत लाभांश  दिने

अर्थ संसार, काठमाडौं– कृषि विकास बैंक लिमिटेडले आफना शेयरधनीलाई २१.०५३ प्रतिशत लाभांश दिने भएको छ । 

यही पुष २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७४\ ७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५.०५३ प्रतिशत (कर समेत) नगद लाभांश र ६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

5c38323d0a929.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको