Like us!
Follow us!
Connect us!
Watch us!

वाइड बडी घोटलामा तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको आग्रह

बुधबार, ०२ माघ २०७५, १८ : ०९ मा प्रकाशित

वाइड बडी घोटलामा तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको आग्रह

अर्थ संसार, काठमाडौं– काङ्ग्रेसले नेपाल वायु सेवा निगमका वाइड बडी जहाज खरीदमा भएको अनियमितता र अर्बौ रकम घोटलाका सम्बन्धमा गम्भीर र गहिरो छानबिनको माग गरेको छ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको यो प्रकरणलाई नजिकबाट अध्ययन गरिरहेका उल्लेख गर्दै सो पार्टीले आर्थिक अनियमितताको अध्ययनका लागि अख्तियार प्राप्त संसदीय र संवैधानिक संस्थालाई सबैले सघाउनुपर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भन्नुभयो, “जहाज खरीदको अध्ययन, बोलपत्र आह्वान, रकमको जमानी, कम्पनीको छनौटदेखि खरीद प्रक्रिया पूरा गरिदा र जहाज आइपुग्दासम्म राजनैतिक र प्रशासनिक नेतृत्वबाट जे सकारात्मक भएको छ त्यसलाई सहना गरौला ।”

काङ्ग्रेसले वाइड बडी जहाज खरीदमा सार्वजनिक खरीद ऐनको उल्लङ्घन, विचौलिया कम्पनीसँगको कारोवार, खरीद या भाडामा भन्ने गम्भीर अस्पष्टता, प्रारम्भमा उल्लेखभन्दा कम क्षमताको जहाज आयात तथा अर्बौ कमिसनको चलखेलका बारेमा सम्पूर्ण सत्य तथ्य अनुसन्धानबाट सार्वजनिक गर्न माग गरेको छ ।

वाइड बडी जहाज खरीदमा भएको गम्भीर घोटाला छानबिनको विषयलाई विषयान्तर हुन नदिन आवश्यक सर्तकताका लागि सबैमा अपिल गर्दै सो पार्टीले दोषीमाथि कारवाहीका लागि निरन्तर दबाब जारी राख्ने जनाएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको