Like us!
Follow us!
Connect us!
Watch us!

‘तिम्रो याद’ सार्वजनिक (भिडियोसहित)

बुधबार, ०९ माघ २०७५, ११ : २६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– मोडल सुमी मोक्तानको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ ।

उनलाई भिडियोमा रितेश गुरुङले साथ दिएका छन । भिडियोमा एक जोडीको बिछोडको पिडा देखिएको छ । सार्वजनिक गीतमा ज्ञान सुब्बाको स्वर , दिनेश सुब्बाको संगीत र प्रतिक चामलिंगको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज भने गोपाल रसाइलीले गरेका हुन् ।

ज्ञान सुब्बा लामो समय देखि गीत संगीतमा सक्रिय रहदै आइरहेका छन । सोनाम पाख्रिनको निर्देशन रहेको म्युजिक भिडियोमा उत्सब दाहालको छायाँकन ,सुसिल न्यौपानेको सम्पादन , सुरेन्द्र बसेलको कोरियोग्राफी र बिमला तामांगको मेकअफ समाबेस छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको