Like us!
Follow us!
Connect us!
Watch us!

पुस्तकजस्तै चल्ला ‘समर लभ’ यस्तो छ ट्रेलर

बुधबार, ०९ माघ २०७५, १५ : १४ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ– आख्यानकार सुविन भट्टराई को उपन्यास ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ प्रेम दिवसको अवसर  पारेर माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् ।

गीतसंगीत र ट्रेलरले फिल्मको उचाई  निर्माण गर्दैगर्दा निर्माण टिम अहिले कलाकारको साथ लिएर प्रचार प्रसारलाई ब्यापक बनाउँदै गएको छ ।  

पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ‘समर लभ’ टिम पुर्बी नेपालसम्म पुगेको छ । मोफसलका स्थानिय दर्शकसँग प्रत्यक्ष साक्षात्कार, मिडिया भेटघाट तथा युवापुस्तालाई लक्षित गर्दै कलेज क्याम्पियन पनि गरिरेको  छ । यसले फिल्मको इनिसियल बक्सअफिस राम्रो हुने विश्वास लिइएको छ ।

पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ‘समर लभ’ टिम पुगेको छ ।

चलचित्रमा  कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम पोखरा केन्द्रित प्रचारको गरिसकेको छ ।

फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता छन् । सोपन सरकार र मनोज बिक सहनिर्माता हुन् । फिल्ममा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङलगायतको पनि अभिनय छ ।

उपन्यासलाई फिल्ममा ढाल्दा पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् । पुस्तक सर्वाधिक रुचाइएका कारण फिल्ममाथि दर्शकको ठूलो अपेक्षा छ । अब दर्शकको अपेक्षामाथि फिल्म कति खरो उत्रिएला ? प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको