Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण ठप्प

आइतबार, १३ माघ २०७५, ०९ : २८ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण ठप्प

अर्थ संसार, काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण ठप्प भएको छ । खराब मौसमका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण बन्द भएको विमानस्थल स्रोतले जनाएको छ ।

आइतबार बिहान काठमाडौंको मौसम बदली भएको र सिमसिम पानी परिरहेकाले भिजिबिलिटी कम भएर उडान अवतरणमा समस्या परेको हो । बाहिरबाट आएका विमानहरु नजिकको एअरपोर्टमा डाइभर्ट भएका छन् भने नजिकका उडानहरु रोकिएका छन् ।

काठमाडौंको आकाश दिउँसो मात्र खुल्ने मौसमविद्ले बताएका छन् । आकाश खुलेपछि मात्र उडान अवतरण सहज हुन सक्ने जनाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको