बिहिबार, १२ बैशाख २०७६
नेपाली पर्यटन र खर्चिलो पर्यटक
आइतबार, १३ माघ २०७५

निनाम कुलुङ  ‘मंगले’     

नेपालमा कसरी खर्चिलो विदेशी पर्यटकको संख्या बढाउने ? भनी सरकारी तहमा बसेका नीति निर्माणकर्ता वा भनौं तालुकदार व्यक्तिहरुले सायदै बहस र छलफल गरे होलान् ? हुन सक्छ निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले भने यस विषयमा कहिलेकाही छलफल गरे होलान् । तर, त्यो पनि कम्तिमा यो पंक्तिकारलाई त्यसबारेमा पनि खासै थाहा छैन । म जस्तो भारेभुरे लेखक र ट्रेकिङ गाइड (मेरो ट्रेकिङ गाइड लाइसेन्स नम्बर–४२४२ “ग्रेट ए” हो) भनाउँदोले थाहा पाउन जरुरी पनि छैन !

खासमा भारतको सीमा क्षेत्रको होटल\होटल लजमा बसेर गौतम बुद्घको जन्मथलो हेर्न लुम्बिनीमा २\४ घण्टा बिताउन आएका थीर्तयात्रीहरुलाई पनि जसलाई फोहर गर्न (दिसा पिसाब) गर्न मात्रै आएको मान्दा फरक पर्दैन । त्यसरी नेपालमा फोहर गर्न मात्रै आउने विदेशीलाई पनि पर्यटक नै मान्ने भएपछि ! संख्या त अवश्य नै बढ्ला, तर, नेपाली पर्यटन व्यवसायीहरुले आर्थिक रुपमा केही फाइदा लिन सक्दैनन् । जस्तो यहाँ उदाहरणको रुपमा भन्नु पर्दा\लिनु पर्दा विगत केही वर्षदेखि श्रीलंकाका नागरिकहरु नेपाल भ्रमण गर्ने पाँच उत्कृष्ट विदेशी पर्यटकभित्र पर्छन् ।

तर, हामीमध्ये कसैले पनि ठमेलक्षेत्रका पर्यटन व्यवसायीहरुलाई सोध्ने हो भने, त्यसरी ह्वार–ह्वार्ती रुपमा श्रीलंकन पर्यटकहरु आएको थाहा छैन भन्छन् । त्यसको मतलब के हो ? त्यसको मतलब हो, श्रीलंकन पर्यटकहरु धार्मिक पर्यटक हुन् र उनहरु भारतीय सीमा नाका हुँदै आउने श्रीलंकन पर्यटक हुन् । त्यस्मध्ये धेरै जसो २\४ घण्टे पर्यटक नै बढी छन् ।

त्यस्तै विगत लामो समयदेखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकमा तीनतिरबाट घेरिएको छिमेकी देश भारत पहिलो अर्ताथ् एक नम्बरमा छन् । तर, ती भारतीय पर्यटकमध्ये कतिले पशुपतिनाथको दर्शन गर्न आउँछन् ? त्यसरी पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीमध्ये अधिकांशले आँटा, दाल, नुन, चिनी, चियापत्ती, पकाउने भाँडाकुँडा, बेलनचक्की, ग्यास, पानी ओसार्ने ग्यालिन, ग्यास चुलो, मट्टीतेल, स्टोभ, थाल, बटुको, गिलास, चम्चा आदि समेत बोकेर आउने गरेका छन् ।

दिसा गर्न बस्दा चाहिने लोटा\लोहोटा समेत साथमा लिएर आउने नै भए ! अब तपाईँ नै भन्नोस्, त्यस्ता पर्यटक वर्षेनी एक करोड नै आए तापनि हामी नेपालीले लिने फाइदा उनीहरुले त्यागको मल–मुत्र सफा गर्नेबाहेक केही छ ? हो, त्यस्ता तीर्थयात्रीले पशुपतिनाथमा चढाएको केही भेटी भने हात पर्ला कि ! त्यो पनि भट्ट, भण्डारीहरु बीचमा भाग लगाउँदा दक्षिणबाटै आएकानियुक्त गरिएका भट्टहरुकै भागमा बढी पर्ने हो । बाँकी रहेको केही प्रतिशत मात्रै पशुपति विकास कोषमा जम्मा हुने हो ।

हुन त शीर्षक नै ‘नेपाली पर्यटन र खर्चिलो पर्यटक’ भन्ने रहेको छ । हुन हालसम्म एकदमै गहिरो गरी नेपाल आउने पर्यटकहरुले प्रत व्यक्ति दैनिक कति खर्च गर्छन् ? भन्ने सम्बन्धमा धेरै कम अध्ययन भएको छ । हालसम्मको तथ्यांकअनुसार नेपालमा जति पनि विदेशी पर्यटक आइरहेका छन्, ती मध्ये लगभग पाँच प्रतिशत मात्रै खर्चिलो पर्यटक आउने गरेको भनी टे्रकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालेले एक अन्तर्वार्तामा बताएका थिए ।

त्यसलै माथि उल्लेख गरिएको प्रकृतिका पर्यटकसँगै खर्चिलो पर्यटक पनि सकेसम्म धेरै धेरै संख्यामा नेपाल भित्र्याउने उपाय सोच्नु नै अहिलेको लागि उत्तम विकल्प हुन सक्छ । किनभने, अहिले नै नेपलले भुटान र चीनको जस्तो आफ्नो देशको सीमा टेक्ने बित्तिकै प्रति व्यक्ति अफसिजनमा दैनिक २०० सय अमेरिकी डलर र, सिजनमा दैनिक २५० अमेरिकी डलर खर्च गर्नैपर्ने भनी प्रति व्यक्ति, दैनिक खर्च गर्ने खर्चको सीमा तोक्ने हो भने नेपालमा वर्षेनी २० लाख होइन, वर्षमा ७०\८० हजार पनि विदेशी पर्यटक नेपालको भ्रमणमा आउँदैनन् ।

हुन पनि सन् २०१० मा संयुक्त, राष्ट्र संघसँग आवद्घ विश्व पर्यटन संगठन (डब्लुटिओ) ले सन् २०२० सम्ममा एक अर्ब ४० करोड पर्यटकले आफ्नो देश छाडेर पर्यटक भइ घुम्ने भनी अनुमान–प्रक्षेपण गरेको मा सो प्रक्षेपण सन् २०१८ मै पूरा भएको अवस्था छ । यसले विश्वका अधिकांश मानिसहरुमा नयाँ ठाउँमा घुम्ने, हेर्ने, नयाँ अनुभव गर्ने, मनोरन्जन लिने प्रविद्घिमा वृद्घि भएको देखाउँछ ।

यसरी हेर्दा केही वर्षअघि संयुक्त, राष्ट्र संघसँग आवद्घ विश्व पर्यटन संगठन (डब्लुटिओ) ले सन् प्रिकाशित गरेको एक प्रतिवेदन अनुसार सन् २०१३ मा विश्वका विभिन्न देशका नागरिकहरु पर्यटक भएर घुम्न जानेहरुको संख्या सन् २०१२ को तुलनामा पाँच प्रतिशतले बढेको थियो भने सन् २०१४ मा पनि लगभग पाँच प्रतिशतले नै विश्व भ्रमण गर्न निक्लने पर्यटकहरुको संख्या बढेको थियो ।

डब्लुटिओको उक्त प्रतिवेदनमा जनाइएअनुसार विगत लामो समयदेखि विश्व भ्रमण गर्न निक्लने पर्यटकको संख्या बढी रहेको भए तापनि सन् २००९ मा भने विश्वभरि चलेको आर्थिक मन्दीका कारण विश्वका विभिन्न देशमा घुम्न निक्लेका पर्यटकको संख्या केही घटेको थियो । प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त वर्ष ८९ करोड १० लाख जना मानिसले मात्रै विश्वमा पर्यटक भएर घुमेका थिए । जबकि सन् २००८ मै विश्वभरिका ९२ करोड ७० लाख नागरिकले पर्यटक भएर विश्वका विभिन्न देशको भ्रमण गर्न निस्केका थिए ।

ेनेपालका विभिन्न राजनीतिक पार्टी लगायत तीनका भातृ संगठन, विभिन्न जातीय समूह÷सामाजिक समूह, धार्मिक समूह आदिले गर्ने आकस्मिक नेपाल बन्द, हडताल, चक्कजाम, क्षेत्रीय बन्द लगायत अनेकौं बेमौसमी र अकस्मातको हड्ताल र चक्काजामहरु पनि खासै नभएकोले नेपाली पर्यटनमा सकारात्मक असर देखियो ।

नेपालको पर्यटन क्षेत्रमा स्थाईत्व चाहने हो भने, नेपालका विभिन्न राजनीतिक पार्टी लगायत तीनका भातृ संगठन, विभिन्न जातीय समूह÷सामाजिक समूह, धार्मिक समूह आदिले गर्ने आकस्मिक नेपाल बन्द, हडताल, चक्कजाम, क्षेत्रीय बन्द लगायत अनेकौं बेमौसमी र अकस्मातको हड्ताल र चक्काजामलाई सँधैका लागि ‘बाई बाई’ गर्नुपर्ने देखिन्छ । यसो गर्न सके निश्चय नै नेपाल आउन चाहने विदेशी पर्यटकको संख्या अरु बढ्ने  छ । त्यस्तै भविश्यमा नेपाल आउन चाहने विदेशी पर्यटकहरुमा ‘नेपालमा बन्द र हडताल हुन छाडेको छ अरे ।’

भन्ने सकारात्मक सन्देशको पनि प्रचारप्रसार हुने थियो । त्यसैले बन्द र हडतालका विषयमा नेपालका विभिन्न राजनीतिक पार्टी लगायत तीनका भातृ संगठन, विभिन्न जातीय समूह\सामाजिक समूह, धार्मिक समूह आदिले ‘कम्तिमा नेपाल बन्द जस्तो कार्यक्रम गर्ने छैनौं ।’ भनी सामुहिक रुपमा प्रतिवद्धतासहित व्यवहारमा लागू गरेदेखि अवश्य नै नेपाल भ्रमणमा आउन चाहने विदेशी पर्यटक बढ्ने छन्, गुणस्तरको कुरो पछि फेरि गरौंला !

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved