Like us!
Follow us!
Connect us!
Watch us!

अचाक्ली बढ्यो व्यापार घाटा, अर्थ मन्त्रालयले बनायो अध्ययन समिति

ramesh lamsal

आइतबार, १३ माघ २०७५, १० : ४१ मा प्रकाशित

अचाक्ली बढ्यो व्यापार घाटा, अर्थ मन्त्रालयले बनायो अध्ययन समिति

अर्थ संसार, काठमाडौं – चरम रुपमा व्यापार घाटा बढेको छ । आयातको मात्रा  अचाक्ली बढ्नु र  निर्यातमा नगण्य वृद्धिले व्यापार घाटा थेगिनसक्नु भएको हो ।

चालु आर्थिक वर्षको ५ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ३६ प्रतिशतले बढेको छ । व्यापार घाटा कम गर्ने उपाय अवलम्बन गर्न अर्थ मन्त्रालयले समिति नै बनाएर अध्ययन गरिरहेको छ ।

आयातको अनियन्त्रित आकार र निर्यातमा नगण्य वृद्धि यतिखेर राष्ट्रिय अर्थतन्त्रको सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । व्यापार घाटा चुलिएपछि अर्थ मन्त्रालयले नै चासो देखाएर अध्ययन समिति बनाएको छ ।

 समितिको सुझावअनुसार सरकारले थप कदम चाल्ने अधिकारीहरुको भनाइ छ । बजेटमार्फत औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशत अनुदान दिने घोषणा कार्यान्वयन गर्न सरकारले कार्य्विधि पनि बनाएको छ ।

जसअनुसार नेपालकै कच्चा पदार्थ प्रयोग गरेर वस्तु उत्पादन गरी विदेश निर्यात गर्ने उद्योगी व्यापारीले ५ प्रतिशत तथा विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा वस्तु उत्पादन गर्नेले ३ प्रतिशत अनुदान पाउनेछन् ।

यसपटक गत वर्षको तुलनामा निर्यात ११ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो वृद्धि १० प्रतिशत थियो । भारत र तेस्रो मुलुकतर्फको निर्यात बृद्धि भए पनि चीनतर्फको निर्यात भने ३० प्रतिशतले घटेको छ । अलैंची, रोजिन, छाला, जुत्ता चप्पल लगायत वस्तुको निर्यात घटेको छ । निर्यात बढाउन उत्पादनमूलक उद्योग खोल्नुपर्छ । तर सरकार लगानीकर्तालाई उद्योगमा आकषिर्त गर्न भने अझै सकिरहेको छैन

निश्चय नै, बढ्दो व्यापार घाटा कम गर्न देशभित्र खपत हुने वस्तुको उत्पादन बढाउनुपर्छ । उत्पादन बढाउने कदम चाल्न ढिलाइ गरे आयातको अनियन्त्रित वृद्धिले व्यापार घाटा चुलिएर अर्थतन्त्र अझै अप्ठेरो अवस्थामा नपुग्ला भन्न सकिन्न ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको