Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको दमकचोकमा

आइतबार, १३ माघ २०७५, १९ : ५९ मा प्रकाशित

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको दमकचोकमा

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंकले दमक नगरपालिका वडा नं. ५, क्याम्पसमोड झापास्थित दमकचोक शाखाको भव्यरुपमा उद्घाटन गरेको छ । आइतबार दमक नगरपालिकाका मेयर रोम नाथ ओलीले  एक भव्य समारोहकाबिच समुद्घाटन गर्नु भएको हो ।

  बैंकले २०७५ भाद्र,१६ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मेयर  ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गर्नुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबै भन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब तथाकर्जा रू. १४९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४लाख५०हजार रहेको छ ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

साथमा यो पनि

एनआईसी एशिया बैंकमा लगानी गर्ने अवसर ! ४ अर्बको ऋणपत्र बिक्री खुल्ला

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको बगरमा 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको