Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार सार्वजनिक बिदा

सोमबार, २१ माघ २०७५, १० : ५७ मा प्रकाशित

मंगलबार सार्वजनिक बिदा

अर्थ संसार, हेटौँडा– प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो ।

तामाङबाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ । माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको