Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

सोमबार, २१ माघ २०७५, १२ : २० मा प्रकाशित

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु  क्रस अस्पतालबीच सम्झौता

अर्थ संसार, काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा   ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट  कार्यकारी व्यवस्थापन समिति सदस्य  रजत श्रेष्ठले  हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ब्लु क्रस अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरmले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको