Like us!
Follow us!
Connect us!
Watch us!

बेरोजगारलाई भत्ता दिन यस्तो छ प्रधानमन्त्री रोजगार कार्यक्रम, फागुन १ गते भव्य घोषणा हुँदै

ramesh lamsal

मंगलबार, २९ माघ २०७५, ०९ : ३८ मा प्रकाशित

बेरोजगारलाई भत्ता  दिन यस्तो छ प्रधानमन्त्री रोजगार कार्यक्रम, फागुन १ गते भव्य घोषणा हुँदै

काठमाडौं ।  फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घांटन गरेर कार्यान्वयनमा ल्याउन लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुनेहरुको तथ्यांक आगामी चैतबाट संकलन गरिने भएको छ। अहिले कार्यक्रमको उद्घाटन मात्र हुने छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टका अनुसार फागुन १ गते दिउँसो प्रधानमन्त्रीले उद्घाटन गरेसँगै कार्यक्रम लागु हुने जानकारी दिए।

७५३ वटै स्थानीय तहमा रोजगार प्रतिनिधि छनौट प्रक्रिया चलिरहेको भन्दै फागुनभित्र रोजगार प्रतिनिधि छनौट गर्ने र चैत्रभित्र बेरोजगारको तथ्याङ्क संकलन गरिसक्ने मन्त्री बिस्टले बताए।

संकलन भएको तथ्याङ्कलाई प्रमाणीकरण गरिसकेपछि घरको कुनै पनि सदस्यले आय आर्जन नगरेको खण्डमा त्यस्ता व्यक्तिलाई विभिन्न सरकारी आयोजनामा रोजगारी दिइने छ। त्यसरी रोजगारी दिन नसकेमा बेरोजगार भत्ता दिने सरकारको तयारी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको