Like us!
Follow us!
Connect us!
Watch us!

भेनेजुएलामा बिट्क्वाइन कारोबार अहिलेसम्मकै उच्च

शनिबार, ०४ फागुन २०७५, १० : ५२ मा प्रकाशित

भेनेजुएलामा बिट्क्वाइन कारोबार अहिलेसम्मकै उच्च

कराकस (भेनेजुएला) ।भेनेजुएलामा भर्चुअल मुद्राबिट्क्वाइनको कारोबार
आकाशिएको छ । राजनीतिक रआर्थिक संकट गहिरिएसँगैत्यहाँ बिट्क्वाइनको कारोबार बढेको हो ।

क्रिप्टो तथ्यांकट्र्याक गर्ने वेबसाइट क्वाइनडान्सका अनुसार गत हप्ता बिट्क्वाइन कारोबार ३० प्रतिशत बढेर २ हजार ४ सय ५४ ओटामा पुगेको छ । अहिले बिट्क्वाइनको भाउ प्रतिगोटा ३ हजार ३ सय ५५३ डलरनजीक छ । यसको अर्थ हप्ताभरिमा ८० लाख ५० हजार डलर र दैनिक १२ लाख ९० हजार मूल्यका बिट्क्वाइन कारोबार भएका छन  ।

यो  फेब्रुअरी  ११ सम्मको १ हप्तामा भएको कारोबार हो । अत्यधिक मूल्यवृद्धि हुन थालेसँगै दैनिक व्यवहार र किनबेचका काममा घरेलु मुद्रा बोलिभार  काम नलाग्ने भईसकेको छ । अमेिरकी डलरको तुलनामा बोलिभारको तीव्र अवमूल्यनसँगै भेनेजुएलीहरूले विश्वकै महँगो क्रिप्टोकरेन्सी थुपारेर राख्न थालेका छन् ।

भेनेजुएला अहिले इतिहासकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । यस वर्ष त्यहाँ मुद्रास्फीति १ करोड प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ । हालैका हप्तामा बिट्क्वाइनको ‘पियर–टू– पियर’ कारोबार आयतन पनि बढेको छ । अनियन्त्रित
मुद्रास्फीति र अमेरिका तथा यूरोपेली संघले लगाएको आर्थिक प्रतिबन्धले धराशयी बन्दै गएको अर्थतन्त्रलाई टेवा दिन गतवर्षको शुरूमा राष्ट्रपति निकोलासमदुरोले पेट्रो नामक क्रिप्टोकरेन्सी पनि ल्याएका थिए । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको