Like us!
Follow us!
Connect us!
Watch us!

अस्ट्रेलिया सरकारले सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत एआईबीटीको दर्ता खारेज , कन्सल्टेन्सीकोे विद्यार्थीलाई धम्की , नेपाल शैक्षिक परामर्श संघले निकल्यो विज्ञप्ती (भिडियो सहित)

विहीबार, ०९ फागुन २०७५, २० : ३९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–अस्ट्रेलिया सरकारले सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) को दर्ता खारेज गरेको छ । 

सिड्नी र ब्रिसबनमा सञ्चालित उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका अपनाएको भन्दै प्राविधिक शिक्षालाई निमयन गर्ने निकाय अस्ट्रेलियन स्किल क्याबालिटी अथोरिटी (आस्क्वा) ले दर्ता खारेज गरेको हो ।

कन्सल्टेन्सीकोे विद्यार्थीलाई धम्की 

केही दिन अघि एक टेलिभिजन कार्यक्रममा एआइबिटी कलेजमा नर्सिङ पढ्न गएका विद्यार्थीहरुले आफ्नो समस्याका बारेमा सामुहिक रुपमा आवाज उठाएका थिए । तत्पश्चात आफ्नो कन्सल्टेन्सीकोे नाम लिएको भन्दै आवाज उठाउने ति विद्यार्थीको परिवारलाई धम्कि दिएको कुरा पनि आएको छ । अष्टेलियामा एक भिडियो प्रेस रिलिज मार्फत पिडित विद्यार्थीले आफ्नो परिवारलाई धम्कि आएको खुलासा गरेकी हुन ।

राजदूतको भनाइ

अस्ट्रेलियाका लागि नेपाली निमित्त राजदूत द्रुपदा सापकोटाले विद्यार्थीका समस्याबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकिएको बताइन् । उनले आफू पीडित विद्यार्थीको समेत सम्पर्कमा रहेको र उनीहरूलाई सहयोग पुर्‍याउन लागिरहेको दाबी गरिन् ।
 

नेपाल शैक्षिक परामर्श संघ ECAN को विज्ञप्ती

एआइविटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु सो कलेजलाई बन्द गरिदिने अष्ट्रेलियन क्वालिटि अथिरिटि (अस्क्वा) को निर्णयबाट समस्यामा परेको भन्ने विषय प्रति नेपाल शैक्षिक परामर्श संघ (ECAN) को गम्भिर ध्यानाकर्षण भएको र हाल समस्याको रुपमा आएको एआईविटीसँग सम्वन्धित नेपाली विद्यार्थीहरुको अध्ययनको सुनिश्चितता एवम् मान्यता तथा लगानीको सुरक्षाका विषयमा, त्यसको समुचित समाधानका लागि नेपाल शैक्षिक परामर्श संघ (ECAN) को तर्फबाट निम्नानुसार पहलकदमी गर्ने प्रतिवद्धता रहेको बताएको छ । 





कलेजको दर्ता रद्दले एकातर्फ एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद हुने डर देखिएको छ भने अर्को तर्फ शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाही पनि सार्वजनिक भएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको