Like us!
Follow us!
Connect us!
Watch us!

१५० प्रतिशत बढी वैदेशिक लगानी भित्रियो, यसरी खुल्दै छ समृद्धिको राजमार्ग

ramesh lamsal

शुक्रबार, १० फागुन २०७५, ११ : १० मा प्रकाशित

१५० प्रतिशत बढी वैदेशिक लगानी भित्रियो, यसरी खुल्दै छ समृद्धिको राजमार्ग

अर्थ संसार, काठमाडौं–  पछिल्लो समयमा प्रत्यक्ष वैदेशिक लगानीको उच्च बृद्धि भएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार वैदेशिक लगानीको प्रतिबद्धता १५० प्रतिशतले बृद्धि भएको पाइएको हो ।

गत २०७४ फागुनदेखी २०७५ फागुनसम्म रु ५२ अर्ब ६३ करोडको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विसं २०७३ फागुनदेखी २०७४ फागुनसम्म रु २० अर्ब ९६ करोड ९० लाखको मात्रै प्रतिवद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा गतवर्षको लगानी प्रतिबद्धता झन्डै ३ गुणाले बढी हो ।

पछिल्लो पटक ४ सय ३१ उद्योगमा लगानी प्रतिबद्धता आएका हो । यी उद्योगले १४ हजार ५६० लाई रोजगारी दिने छन् । २०७३ फागुन देखी २०७४ फागुनसम्म आएको वैदेशिक लगानी प्रतिबद्धताबाट ३८० वटा उद्योग खुल्ने र त्यहाँ १३ हजार ९४ नयाँ रोजगारी थपिने छ ।

विभागले कृषिजन्य, निर्माण, ऊर्जा, सूचना प्रशारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, खनिज, सेवा तथा पर्यटन क्षेत्रमा यो लगानीको प्रतिबद्धता स्वीकृत गरेको छ । २०७४ फागुन देखी २०७५ फागुनसम्म पर्यटनमा १७०, सेवा १३२, उत्पादनमूलक ६६, सूचना प्रविधि २३, कृषि तथा वनजन्य १७, ऊर्जा ३ र खानीमा ३ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको छ ।

यस्तै यो बर्ष ४ सय ३१ उद्योगमार्फत ५२ अर्ब ६३ करोड रुपैयाँ लगानीका आयोजनामा १४ हजार ५ सय ६० जनाले रोजगारीको अवसर प्राप्त गरेको विभागले जानकारी दिएको छ । अघिल्लो बर्षको सोही अवधिमा भने ३ सय ८० उद्योगमार्फत २० अर्ब ९६ करोड रुपैयाँ लगानीका आयोजनामा १३ हजार ९४ जनाले रोजगारीको अवसर पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको