Like us!
Follow us!
Connect us!
Watch us!

घरमा सजावटका लागि कलरफूल माछा किन्दैहुनुहन्छ ? बढ्योे तीन गुणाबढी कर

ramesh lamsal

शुक्रबार, १० फागुन २०७५, १६ : ३२ मा प्रकाशित

घरमा सजावटका लागि कलरफूल माछा किन्दैहुनुहन्छ ? बढ्योे तीन गुणाबढी कर

अर्थ संसार, काठमाडौँ – सजावटका लागि ल्याइने माछाको नयाँ करको दर निर्धारण भएको छ । माछा ल्याउँदा तिर्नुपर्ने गैर कर राजस्वको दर मन्त्रिपरिषदले तोकिदिएको छ ।  

यसअघि निर्धारित दरमा तीन गुणासम्म वृद्धि गरि सरकारले नयाँ दर तोकेको हो ।

यसअघि कोइकाप माछाको प्रति गोटा २ रुपैयाँ ५ पैसा राजस्व रहेकोमा अब एउटाको ५ रुपैयाँ, दुईवटाको १०, तीनवटाको १५ रुपैयाँ र प्रति केजी ५०० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी फिंगरलिङ माछाको प्रतिगोटा १० रुपैयाँ तोकिएको छ। एड्भान्स फिंगरलिङको अब प्रतिगोटा १५ रुपैयाँ कर लाग्नेछ। बाँस्कोटाका अनुसार बलुन नोलिस ब्लाक माछाको प्रतिगोटा ५ रुपैयाँ, दुईवटाको १० रुपैयाँ र तीनवटाको १५ रुपैयाँ कर तोकिएको छ।

उनका अनुसार थाइ गप्पी, कमेन्ट गोल्ड फिस र ओरेन्डा गोल्डको पनि दोब्बरले गैरकर बढाइएको छ। अब आरोवाना सिल्भर माछा एउटाको एकसय रुपैयाँ कर तिर्नुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको