Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले सुरु गर्यो सम्पर्करहित कार्ड तथा पिओएस सेवा

आइतबार, १९ फागुन २०७५, १७ : २४ मा प्रकाशित

नबिल बैंकले सुरु गर्यो सम्पर्करहित कार्ड तथा पिओएस सेवा

अर्थ संसार, काठमाडौं– नबिल बैंकले आफ्नाग्राहकहरूलाई सुरक्षित तथा भरपर्दो EMV (CHIP) प्रबिधि लगायत 3D secure e-commerce सेवाहरु सहज भुक्तानीका लागि प्रदान गर्दै आईरहेको छ ।

हाम्रा मूल्यमान्यताहरू मध्ये एक नविनता उन्मुख हुँदै हामी NFC (Near Field Communication) मा आधारित भुक्तानी, सम्पर्करहित कार्डको शुरुवातको घोषणा गर्न पाउदा गर्वान्वित भएका छौं ।

देशमै पहिलो पटक हाम्रा card तथा POS मार्फत सम्पर्करहित भुक्तानी प्रस्तुत गर्दा अत्यन्त हर्षित छौं । यो सेवा नबिल बैंकका लागि मात्र नभएर, देशकै भुक्तानी प्रणालीका लागि एउटा कोशेढुंगा साबित हुनेछ ।

Contactless(NFC) भनेको “Tap & Pay” अर्थात भुक्तानीको अत्यन्त सहज तरिका, किनकि ग्राहकहरूले contactless प्रविधि भएका POS machine हरूमा card “Tap” मात्र गरी यो सेवाको प्रयोग गर्न सक्नुहुनेछ ।

जब एउटा NFC उपकरण अर्को NFC उपकरणको निकै नजिक हुन्छ, कनेक्सन (सम्बन्ध) स्थापित गर्न सकिन्छ र तथ्यांकहरू आदानप्रदान गर्न सकिन्छ । जस्तै, जब कुनै ग्राहकले सम्पर्करहित कार्डरिडरमा कार्डलाई “Tap” गर्नुहुन्छ, उक्त कार्डले रिडरलाई NFC प्रविधिको प्रयोग गरेर, कारोबार प्रारम्भ र पूरा गर्न सम्बन्धित तथ्यांकहरूको सञ्चार गर्दछ ।

“हामीले EMV मा आधारित कार्ड तथा POS को शूरुवात गरेपछि, यसले प्रभावकारी रुपमा जालसाजी न्यूनीकरण गर्नुका साथै नवीनता तथा अभिवृद्धिलाई प्रभावकारी तवरले उल्लेख्य फाइदा पुर्याएको छ ।

यसका अतिरिक्त नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतले भन्नुहुन्छ “सम्पर्करहित प्रविधिले सम्भव भएसम्म उपभोक्ताका लागि भुक्तानी गर्ने उत्कृष्ट अनुभव सम्भव पार्दछ र नगद कारोबारलाई प्रतिस्थापन गरेर कार्डको प्रयोग वृद्धि गर्ने अवसर प्रदान गर्दछ ।”

नबिल बैंक, नेपालमा भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियनपे इन्टरनेशनलको एक मुख्य अग्रणी सदस्य रहेको छ र डेबिट, प्रिपेड तथा क्रेडिट कार्डहरू जारी गर्दछ र आफ्ना ATM, POS e-commerce मार्फत कार्ड सम्बन्धी कारोबारहरू गर्दछ ।

नबिल बैंक जहिलेपनि नया प्रविधि अवलम्बन गर्न तथा नवीनतम साधन तथा सेवाहरू ल्याउने क्रममा अग्रपंक्तिमा रहेको छ । कार्ड कारोबारमा सम्पर्करहित प्रविधिको शुरुवातका साथ नबिल बैंकका कार्डबाहकहरू तथा सम्बन्धित व्यवसायहरू अत्यन्त लाभान्वित हुनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको