Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत आयोजनमा लगानी गर्न विदेशी कम्पनी आकर्षित– मन्त्री शर्मा

शुक्रबार, १४ असोज २०७३, १५ : १७ मा प्रकाशित

जलविद्युत आयोजनमा लगानी गर्न विदेशी कम्पनी आकर्षित– मन्त्री शर्मा

अर्थ संसार,

काठमाडौं – जलविद्युत आयोजनामा विदेशीहरु लगानी गर्न आकिर्षत भएको ऊर्जा मन्त्री जनर्दन शर्माले बताएका छन् ।
नेपाल विद्युतीय व्यवसायी महासंघको आइतबार तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री शर्माले जलविद्युत आयोजनमा लगानी गर्न चीन, भारत, अष्टे«लियालगायत छिमेकी देशका कम्पनीहरु आकर्षित भएको बताए ।

‘नेपालको जलविद्युत आयोजनमा लगानी गर्छु भन्ने कम्पनीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो’ मन्त्रीले शर्माले भने, ‘लगानीको समस्या छ भन्ने भ्रम फैलिइरहेका बेला यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।’ नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न केही असहज वातावरण भए पनि लगानीकर्ताको अभाव नभएको मन्त्रीले बताए ।

उर्जा मन्त्री शर्माले आफ्नो कार्यकालमा लगानीमैत्री वातावरण निर्माण गरी छ महिनाभित्र केही न केही परिणाम देखाएरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरे । बत्ती बाल्ने चेतनाले मात्र नेपालको जलविद्युत् क्षेत्र उँभो नलाग्ने भन्दै मन्त्री शर्माले उत्पादित बिजुली निर्यात गर्नुको साटो स्वेदशी उद्योग धन्दामै खपत गर्ने योजना ल्याउनेमा जोड दिए ।

विद्युत प्राधिकरणको पुनःसंरचना

मन्त्री शर्माले नेपाल विद्युत् प्राधिकरणको संरचनालाई पुनःसंरचना गरी नयाँ ढंगले अगाडि बढाउनेसमेत जानकारी दिए । ‘विद्युत् प्राधिकरणको पुनःसंरचना नगरेसम्म विद्यमान समस्या समाधान गर्न सकिन्न’ मन्त्री शर्माले भने, ‘अहिले हामीलाई नयाँ चेतनाअनुसार काम गर्ने प्राधिकरण चाहिएको छ ।’

कार्यक्रममा मन्त्री शर्माले देशमा विद्युत् उत्पादनलाई अभियानकै रुपमा अघि बढाउन ऊर्जा मन्त्रालय लागि परेको पनि बताए । ऊर्जाको विकासबिना देशको आर्थिक विकासको ढोका खुल्न नसक्ने भन्दै जविद्युत व्यवसायीले सहज वातावरण बनाइनिदन सरकारसँग माग माग गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको