Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीयमा नबिकेको माउण्टेन हाइड्रोको आइपीओ आजबाट निश्कासन, लगानीकर्ता अलमलमा

विहीबार, २३ फागुन २०७५, १० : ४६ मा प्रकाशित

स्थानीयमा नबिकेको माउण्टेन हाइड्रोको आइपीओ आजबाट निश्कासन, लगानीकर्ता अलमलमा

अर्थ संसार, काठमाडौँ – नेपालको शेयर बजारमा जलबिद्युत कम्पनीहरुको शेयर बिक्रीमा आउने क्रम तीब्र हुँदै र दोस्रो बजारमा शेयर आइपीओ भन्दा सस्तोमा पाहिने अवस्था हुँदै  गर्दा आज(फागुन २३ गते)देखि माउण्टेन हाइड्रो नेपाल लिमिटेडले आइपीओ निश्कासन गरेको छ । लगानीकर्ता भन्ने दोस्रो बजारको नाजुक अवस्था देखेर आइपीओमा लगानी गर्ने नगर्ने अल्मलमा परेका छन।    

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ दिएको छ । जसको अर्थ कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने हो । यो कम्पनीले गत असार २२ गतेदेखि आयोजना प्रभावित पाँचथरबासीका लागि १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, सो क्रममा स्थानीयले यो कम्पनीको सबै सेयर किनेनन् । सो क्रममा ५ लाख ६६ हजार ११० कित्ता बिकेको थिएन । नबिकेको सो कित्ता समेत समावेश गरी सर्वसाधारणका लागि १८ लाख १६ हजार ११० कित्ता आइपीओ निश्कासन गरेको हो ।

आईपीओका लागि न्युनतम ५० देखि अधिकतम ८० हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये ३६ हजार ३२२ कित्ता कम्पनीका कर्मचारी र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याइएको छ ।  आयोजनाको अनुमानित लागत प्रतिमेगावाट  १९ करोड ८२ लाख २७ हजार रुपैयाँको दरले  ४ अर्ब २८ करोड १७ लाख रुपैयाँ छ । सो आयोजनामा सेयर भर्नेले लगानी फिर्ता गर्न ८ वर्ष २ महिना  कुर्नुपर्नेछ ।
आइपीओमा छिटोमा फागुन २८ र ढिलोमा चैत २२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको