Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको नयाँ खाता , एक सयमा खाता खोल्न सकिने, सात लाखको दुर्घटना बीमा

ramesh lamsal

विहीबार, २३ फागुन २०७५, १२ : ५३ मा प्रकाशित

सिटिजन्स बैंकको नयाँ खाता , एक सयमा खाता खोल्न सकिने, सात लाखको दुर्घटना बीमा

अर्थ संसार, काठमाडौँ –  सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ बचत योजना सिटिजन्स विशेष बचत खाता सञ्चालनमा ल्याएको छ।

एक सय रुपैयाँमा खोल्न सकियो यो खाता कर्मचारीको तलवका लागि उपयोगी हुने बैंकले जनाएको छ । यसमा दैनिक मौज्दातमा सवा ६ प्रतिशत ब्याज उपलब्ध हुन्छ ।

यो बचत खाताले स्वास्थ्य र दुर्घटना मृत्यु बीमासमेत समेट्छ। एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रु सात  लाखसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ ।

औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने बैंकले जनाएको छ।

खाता खोल्नेले निशुल्क भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार , आस्वा सेवा, मोबाईल बैंकिङ, अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी सेक्युरमा दर्ता पाउने छन्। यसबाहेक लकर, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी र अन्य सेवामा ५० प्रतिशत छुट पाउने छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको