Like us!
Follow us!
Connect us!
Watch us!

आगामी पाँच वर्षमा सकिनेछन् १७ ठूला आयोजना

ramesh lamsal

विहीबार, २३ फागुन २०७५, १३ : ०९ मा प्रकाशित

आगामी पाँच वर्षमा सकिनेछन् १७ ठूला आयोजना

अर्थ संसार, काठमाडौँ –  सरकारले आगामी ५ वर्षभित्र राष्ट्रिय गौरवका १७ आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको विवरणअनुसार  आगामी पाँच वर्षभित्र १७ वटा राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

त्यसमा निजगढ विमानस्थलदेखि फास्ट ट्रयाकसम्म समावेश छन् ।

यस्तै  सिक्टा सिंचाई आयोजना, बबई सिँचाई आयोजना, रानीजमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाईभर्सन आयोजना, गौतम वुद्ध विमानस्थल, पोखरा विमानस्थल, निजगढ अन्तराष्ट्रिय विमानस्थल सम्पन्न हुनेछन् ।

यसैगरी  काठमाडौं निजगढ फास्ट ट्रयाक, पुष्पलाल मध्यपहाडी लोकमार्ग, कोशी लोकमार्ग, कालगण्डकी करिडोर, कर्णाली करिडोर, हुलाकी राजमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, लुम्बिनी विकास कोष र विद्युत प्रसारण आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

त्यस बाहेक बुढीगण्डकी जलद्यिुत आयोजना र पश्चिम सेति जलविद्युत आयोजना भने आरम्भ गरिसक्ने लक्ष्य निर्धारण गरेको छ । त्यस्तै, पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई मधेश संरक्षण र रेल्वे तथा मेट्रो विकास आयोजना भने पाँच बर्षपछि पनि क्रमागत रुपमा सञ्चालन भैरहने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको