Like us!
Follow us!
Connect us!
Watch us!

ओपो र एरिक्सनद्वारा प्याटेन्ट ईजाजत सम्झौतामा हस्ताक्षर

मंगलबार, २८ फागुन २०७५, २० : ०९ मा प्रकाशित

ओपो र एरिक्सनद्वारा प्याटेन्ट ईजाजत सम्झौतामा हस्ताक्षर

अर्थ संसार,  काठमाडौं - ओपो र एरिक्सनले एक आपसमा बहुबार्षिक वैश्विक प्याटेन्ट ईजाजतका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । यो सहमतिमा प्याटेन्ट लाईसेन्सिङ र विभिन्न ब्यवसायिक योजनाका लागि साझेदारीकालागि सम्झौता समेटिएको छ ।
 
यो सहमतिले फाइभजीयूगमा दूई कम्पनी विच सहकार्यका लागि बलियो जग बसाउन सघाव पुग्ने ओपो ईन्टेलेक्चुअल प्रपर्टी विभागका प्रमुख एड्लर फेङले बताए । ‘ओपोले बौद्धिक सम्पत्तिको अधिकारलाई सधैँ नै पहिलो प्राथमिकताको विषयका रुपमालिने गरेको छ । हामी उत्पादन र सेवामा अत्याधुनिक नवप्रबर्तनार्थ एरिक्सनसंग सहकार्यका लागि निकै उत्साहित छौँ’, एड्लरले भने ।

‘वैश्विक रुपमै सुचना तथा सञ्चार प्रविधि (आईसीटी) जगतमा एरिक्सन एक अग्रणी उत्पादक तथा सेवा प्रदायकहो ।

निकै महत्वपूर्ण यस सम्झौताले हाम्रो प्याटेन्ट पोर्टफोलियोको मान राख्दै एरिक्सन फ्राण्ड लाईसेन्सिङ प्रोग्रामको महत्वलाई थप प्रष्टरुपमा मान्यता प्रदान गरेको छ’,एरिक्सनका चिफ ईन्टेलेक्चुअल प्रपर्टी अफिसर गुस्ताव ब्रिसमार्कले भने,‘ हाल सम्म एरिक्सनले १ सयभन्दा बढी प्याटेन्ट अनुमति सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । ओपो संग पारस्परिक लाभकारी यस सम्झौतामा हस्ताक्षर गर्दा हामीनिकै उत्साहित छौँ ।’

प्याटेन्ट फस्र्ट रणनीति अवलम्बन गर्दै ओपोले प्याटेन्ट र रिजर्भ सञ्चितीलाई विशेष महत्वदिने गरेको छ । सन् २०१९को ज्यानुअरी महिना सम्ममा ओपोले वैश्विकरुपमा ३३ हजार प्याटेन्ट एप्लिकेशन्सका लागि निवेदनदर्ता गरिसकेको छ । त्यसैगरी कम्पनीको अधिनमा ८ हजार भन्दा बढी ग्राण्टेड प्याटेन्ट रहेका छन् । एरिक्सनसंग गरिएको यो सहमति क्वालकम, डल्बी र नोकिया लगायत प्रमुख दूरसञ्चार (टेलिकम्युनिकेशन) उद्योगका पार्टनर्ससंग गरिएका प्याटेन्ट अनुमति सम्झौता मध्यकै नयाँ हो । आफ्ना विश्वभरका उपभोक्ताका लागि उत्कृष्ट उत्पादन र अनुभव प्रदान गर्ने सोचका साथओपोले उद्योगका अग्रणी पार्टनर्ससंग नजिक रहेर सहकार्य गरिरहने कम्पनीले जानकारी दिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको