Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फोर्ड ५ कि.मी. फन रन सम्पन्न

मंगलबार, ०५ चैत्र २०७५, १६ : ३४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फोर्ड ५ कि.मी. फन रन  सम्पन्न

अर्थ संसार, काठमाडौं– जि.ओ. फोर्ड, नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेताले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यही चैत्र २ गते शनिवारको दिन हाइयर ग्राउन्ड र पाङ्ग्रोको संयुक्त आयोजनामा ५.२ कि.मी. फन रन को आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा १२०० भन्दा बढी  महिला, बालबालिका र पुरुषहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा पनि फोर्डले महिला सशक्तिकरणका कार्यक्रमहरु आयोजना गर्दै आएको सबैलाई विदितै छ ।


उक्त दौड प्रतियोगितामा महिलातर्फ  रसिला तमाङ्ग प्रथम, गनिसा महर्जन दोस्रो र सुरेयन्सा खत्रीले तेस्रो स्थान प्राप्त गरेको थिए भने पुरुष तर्फ उज्ज्वल खरेल प्रथम, सोम गुरुङ्ग दोस्रो र सुवर्ण थपलिया ले तेस्रो स्थान प्राप्त गरेका थिए ।

कार्यक्रमको शुरुवात जीम खाना द्धारा हल्का व्यायाम र पछि जुम्बा सेसनको समन्वयमा इलिगेन्ट जुम्बा जोन र डान्स स्टुडियो, नित्य डान्स स्टुडियो र फिटनेस स्टुडियो ले गरेका थिए ।

साथै यस कार्यक्रमको एक प्रमुख आकर्षणको रुपमा रहेको थियो Blind rocks  का सृष्टि के.सी. द्धारा समन्वय गरेको फेसन शो जसमा दृष्टिविहिनद्धारा फेसन शो गरेका थिए । यस फेशन शोलाई पुर्व मिस नेपाल निकिता चन्डकले कोरियोग्राफी गरेकी थिइन् । साथै महिलाहरुका लागि आत्मरक्षाका तरिकाहरुको पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा महिला उद्यमीहरुले बनाएका नेपाली उत्पादनका सर–सामानहरुका स्टल पनि राखिएका थिए ।

5c90ca3ba1eef.jpg 5c90ca3f7b128.jpg 5c90ca3f88802.jpg 5c90ca496731f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको