Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : सनराइज बैंकको "१०% सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा

बुधबार, २० चैत्र २०७५, १४ : ०५ मा प्रकाशित

लगानीको अवसर : सनराइज बैंकको "१०% सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा

अर्थ संसार, काठमाडौँ– ​सनराइज बैंकले आज चैत २० गते देखि एक अर्ब रुपैयाँ बराबरको ’१०% सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा ल्याएको छ। बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो।

५ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ।  बैंकले निष्काशन गरेकाे कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिएकाे हाे भने बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ।

ऋणपत्र बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक लगानीकर्ताले सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्रमा छिटोमा चैत २५ गते र उक्त अवधिमा बिक्री नभएको खण्डमा बैशाख १९ गतेसम्म आवेदन गर्न सक्नेछन् अथवा मेरो शेयरबाट पनि ऋणपत्र भर्न सकिनेछ।

आवेदन दिँदा न्यूनतम २५ कित्ता युनिटको एक हजार रुपैयाँ दरले २५ हजार रुपैयाँदेखि ४ लाख कित्ता युनिट बराबरको ४० करोड रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको