Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा सामान्य सुधार

बुधबार, २७ चैत्र २०७५, १६ : ४२ मा प्रकाशित

शेयर बजारमा सामान्य सुधार

अर्थ संसार, काठमाडौँ– मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.५२ विन्दुले बढेर एक हजार १८४.६१ विन्दुमा पुगेको छ ।     
     
 यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ विन्दुले बढेर २५३.५८ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता शेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री भए । कारोवार भएका १० उपसमुहमध्ये जलविद्युत् उपसमूको शेयर भने घटेको छ । जलविद्युत् उपसमूहको शयेर ५।४३ विन्दुले घटेको छ ।     
     
 त्यस्तै बैङ्किङ २.९६, होटल ०.२२, विकास बैंङ्क ३.१४, वित्त ३.१७, निर्जीवन बीमा २४.२३, उत्पादन ३.०८, अन्य ६.७३, लघुवित्त २।३६ र जीवनबीमा १२.५९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ५.०७ प्रतिशतले कमाएका छन् । त्यस्तै फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ३.४७, रिलायन्स फाइनान्स ३.३६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.१३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २.७५ प्रतिशतले कमाएका छन् ।     
     
 त्यसैगरी उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.५५ प्रतिशतले गुमाए । घलेम्दी हाइड्रो पावर ४.७०, सिन्धु विकास बैंक ३.७०, तारागाउँ रिजेन्सी होटल ३.३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.०४ प्रतिशतले गुमाए ।     

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको