Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय ऊर्जाको आइपीओ मंगलबार बाँडफाँड, शेयर पर्ने सम्भावना कति ?

सोमबार, ०२ बैशाख २०७६, १० : २३ मा प्रकाशित

हिमालय ऊर्जाको आइपीओ मंगलबार बाँडफाँड, शेयर पर्ने सम्भावना कति ?

अर्थ संसार, काठमाडौं - हिमालय ऊर्जा विकास कम्पनीले बिक्री गरेको साधारण शेयर (आइपिओ) वैशाख ३ गते मंगलबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले गत चैत २० देखि २५ गतेसम्म खुलाएको साधारण शेयरको  १३ लाख ६६ हजार २०० कित्ता आइपीओमा  ५१ लाख ३७ हजार कित्ता शेयर खरीदको लागि आबेदन परेको थियो  जुन मागभन्दा झण्डै ४ गुण बढि हो ।

कम्पनीको आइपीओ धितोपत्र बाँडफाँड निर्देशिका अनुसार प्रत्येकलाई १० कित्ताका दरले समानुपातिक रुपमा बाँडफाँड गर्दा अधिकताम पाउनेले २० कित्तासम्म शेयर हात पार्ने देखिन्छ । लगानीकर्ताले कम्पनीको आइपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम साढे ६ हजार कित्तासम्मको लागि आवेदन गर्न पाउने ब्यवस्था रहेको थियो ।

कम्पनीले कुल निष्काशनमध्य कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता छुट्याएको छ भने सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता बाँडफाँट गरीसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको