Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षसँगै शेयर बजारमा उत्साह

आइतबार, ०८ बैशाख २०७६, ०८ : २१ मा प्रकाशित

नयाँ वर्षसँगै शेयर बजारमा उत्साह

अर्थ संसार, काठमाडौँ– नयाँ वर्ष २०७६ सँगै धितोपत्र बजारमा यस साता उत्साह  छाएको छ ।  कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो ।

सातामा चार दिन कारोवार भए । सोमबार बजार एक हजार १८८।७१ बिन्दुमा पुग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन बजार बढेर एक हजार २३२।३० बिन्दुमा पुगेको छ ।

बैंक र बीमा उपसमूहको शेयर वृद्धि हुँदा बजारमा सकारात्मक प्रभाव परेको छ । यस्तै नयाँ वर्ष लागे पनि शेयर बजारमा स्थायी लेखा नम्बर (प्यान) समेत लागू भएको छ । रु पाँच लाखभन्दा बढीको शेयर कारोवारमा प्यान लागू हुने व्यवस्था गरिएको छ ।

स्टकका अनुसार यस साता बजारमा वाणिज्य बैंक समूहकै बोलवाला रह्यो । एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै कुमारी बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक, नेपाल बैंक, सिभिल बैंक, एनसिसी बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रेबैंक र नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ ।

स्टकका अनुसार बजार पूँजीकरणमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पछि वाणिज्य बैंककै बोलावाल रहे । यस साता दुई कम्पनीको शेयर सूचीकृत भए । स्टकमा सिनर्जी फाइनान्स कम्पनीको तीन लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर र नेपाल इन्भेस्टमेन्ट बैंकको एक करोड ९४ लाख ४३ हजार ८२ कित्ता  शेयर लाभांश सूचीकृत भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको