Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ टुर्नामेन्ट २०१९ सम्पन्न

आइतबार, ०८ बैशाख २०७६, १६ : ३९ मा प्रकाशित

दोस्रो लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ टुर्नामेन्ट २०१९ सम्पन्न

अर्थ संसार, काठमाडौं– लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फक्लब एयरपोर्टमा दुइदिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्न भएको छ ।

युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए ।

खेलकुद मार्फत पनिआफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्सुरेन्सका अध्यक्ष मनोहर दास मुलले बताए ।

सो अवसर phintso ongdi lama ले आमन्त्रित गल्फ टूर्नामेन्टको उपाधि हात पार्न सफल भएका थिय त्यस्तै सुपर सिनियर खेलाडी मेजर विजय मोक्तान घोषित भएका थिए ।

विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहर दासमुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।

वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर अण्डर राइटिङ्ग, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा ISO certified मान्यता प्राप्त गर्न सफल भएको छ ।

हाल ४५ शाखा मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवातथा सुबिधाउपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले बताए । कम्पनीले चालु आ.ब. भित्रै तोकिए बमोजिमको चुक्तापूँजी पुर्याउने उनले बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको