Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको पर्खाइमा रहेको गणपति माइक्रोफाइनान्सको IPO बिक्री खुल्ला

सोमबार, ०९ बैशाख २०७६, ०८ : ०८ मा प्रकाशित

लगानीकर्ताको पर्खाइमा रहेको गणपति माइक्रोफाइनान्सको IPO बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं– गणपति माइक्रोफाइनान्सको साधारण शेयर (आइपिओ) सोमबारदेखि बिक्री खुल्ला भएको छ ।

फाइनान्सले ३ करोड ३५ लाख बराबरको तीन लाख ३५ हजार कित्ता साधारण शेयर बिक्री गरेको हो

गणपतिले चुक्ता पूँजीको ३२.३७ प्रतिशत बराबरले हुन आउने साधारण शेयर बिक्री गरेको कम्पनीले जनाएको छ ।  बैशाख १२ गते शेयर आवेदन बन्द हुनेछ ।

यसको बिक्री प्रबन्धकमा   एनआइबिएल एस क्यापिटल रहेको छ । बोर्डबाट सो संस्थाले गत चैत ८ गते शेयर बिक्रीका लागि अनुमति पाएको हो ।

यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाले रु दुई करोड ५० लाख बराबरको दुई लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो संस्थाले गत चैत २६ गते शेयर बिक्रीका लागि स्वीकृति पाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको