Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

सोमबार, ०९ बैशाख २०७६, ०८ : ४७ मा प्रकाशित

एनआईसी एशियाको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

केही दिनयता कम्पनीको शेयरमूल्य बढेको छ । ६२ दिनको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य अधिकतम रू. ४ सय ९८ पुगेको छ भने न्यूनतम रू. ३ सय ७० पुगेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण प्रकाशन गर्दै आएको छ । कम्पनीले हाल २ सय ६४ ओटा शाखा कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ । बिहीवार कम्पनीको शेयरमूल्य अघिल्लो दिनको तुलनामा ५ अंक घटेर रू. ४ सय ८२ मा बन्द भएको छ ।

एनआईसी एशिया : कम्पनी विश्लेषण(आइतवार, ८ वैशाख २०७६)

प्राविधिक विश्लेषण
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म खरीद चापको तुलनामा विक्री चाप बढी छ । सो अवधिसम्म ३२ हजार ६३१ कित्ता शेयर विक्री र ३० हजार ८५० कित्ता शेयर खरीद गर्ने माग थियो ।

निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको मैनबत्ती विश्लेषणको अन्तिम दिनमा कालो टुप्पी र पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई ओभरसोल्ड जोन ७७ दशमलव ०३ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ९ दशमलव १४ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ४ सय ८२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ४ सय ९२ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ४ सय ५८ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको