Like us!
Follow us!
Connect us!
Watch us!
नेपाललाई चिनाउन सघाउने चिन्हको रामकहानी

गुगलको डुडल कसरी बन्छ ?

मंगलबार, ११ माघ २०७३, १४ : ५५ मा प्रकाशित

गुगलको डुडल कसरी बन्छ ?

अर्थ संसार
गुगल संसारको नम्बर एक सर्च इन्जिन । यतिमा मात्र यसको चिनारी पर्याप्त छैन । दर्जनौ प्रोडक्ट बजारमा ल्याइसकेको कम्पनीका लागि नेपालको मार्केट त्यति ठूलो छैन । बजार सानै किन नहोस्, गुगलले नेपालीभाषीलाई पछिल्लो समय निकै प्राथमिकता दिन थालेको छ । उसले नेपाल र नेपालसँग सम्बन्धित रामग्रीलाई आफ्ना प्रोडक्टसँग जोड्दै आएको छ ।

गुगलले केही समयअघि सगरमाथा प्रवेशद्वार खुम्बु क्षेत्रको स्ट्रिट भ्यु सार्बजनिक गरेको थियो । उसले ट्रान्सलेट, सर्च, जिमेललगायतका प्रोडक्टलाई नेपाली भाषामा प्रयोग गर्न मिल्ने बनाएको धेरै भइसकेको छ ।यहाँ चर्चा गर्न खोजिएको हो गुगल डट कम खोल्नासाथ सर्च बक्समा देखिने रंगिविरंगी चित्र अंकित डुडलको । गुगलको होमपेजमा देखिने गुगलको चिन्हलाई डुडल भनिन्छ । 
 
उसले नेपाली चाडपर्व, दिवसलगायतका महत्वपूर्ण अबसरलाई समेत आफनो डुडलमा समावेश गर्दै आएको छ । गुगलले बेलाबेला आफ्नो होमपेजमा हुने लोगोलाई होलिडेज, एनिभर्सरिज, चर्चित कलाकार, लेखक, वैज्ञानिकलगायत प्रसिद्ध ब्यक्तिह?को जन्म दिवस, स्मृति दिवसलगायतका अबसरमा फरक खालको डिजाइन गर्छ । त्यस्तो लोगो कहिलेकाही सप्र्राइजिङ, फन्नी हुने गर्छ ।

तपाईंह?लाई थाहा होला, सरकारले दुई बर्षअघिको गणतन्त्र दिवस भकम्पले गर्दा औपचारिक ?पमा मनाएन । गणतन्त्र दिवसका दिन जेठ १५ (मे २९) गते एकाबिहानै गुगलले भने नेपालीलाई सप्र्राइज दिएको थियो ।

भूकम्पको बिनासले मुलुक शोकमा डुबेर गणतन्त्र दिवस छायामा परेका बेला गुगलले शोकलाई शक्तिमा बदल्ने खालको सन्देश आफ्नो होमपेजमार्फत संसारसामु बाँडेको थियो । गुगल डटकम लगइन गर्नासाथ उसले आफ्नो डुडलमा नेपालको गुम्बा र मन्दिरलाई पृष्ठभूमिमा राखेर बालिएका मैनवैती देखिन्थ्यो । यसले गणतन्त्रका साथ महाभूकम्पलाई समेत सम्झाएको थियो । उसले डुडलमा नेपालीह?को सहनसिलता र धैर्यताको प्रसंसा गर्दै उनीह?लाई विश्वका लागि प्रेरणाको श्रोतका ?पमा प्रस्तुत गरेको थियो ।

डुडललाई क्लिक गर्नासाथ सर्च रिजल्टमा नेपालको गणतन्त्रसम्बन्धी सामग्रीह? आउने ब्यवस्था मिलाइएको थियो । महाभूकम्पका बेला गुगलले क्राइसिस रेस्पोन्स म्याप र भूकम्पमा परेर हराई रहेकाह?लाई खोज्न ‘पर्सन फाइन्डर’ एप्लिकेससन्स संचालनमा ल्याएको थियो । उसले ती कुरालाई सम्झदै राहत र उद्धारमा निरंतर सहयोग गर्ने डुडलमा उल्लेख गरेको थियो । 

इन्टरनेट जाइन्ट कम्पनी गुगलले आफ्नो डुडलमा नेपाललाई स्थान दिनु चानचुने कुरा होइन । नेटसेयरमार्केट डटकमका अनुसार इन्टरनेटको महासागरमा आफूलाई चाहिने सामग्री खोज्न विश्वभरका ६३.७३ (झण्डै दुई तिहाइ) नेटिजनह?ले गुगलको प्रयोग गर्ने गरेका छन् । त्यस्तै ७५ प्रतिशतले इन्टरनेटमा सामग्री खोजी गर्न पहिलो प्राथमिकता गुगललाई दिन्छन् । मोवाइलमा गरिने खोजीमा भने गुगलको हिस्सा ७८ प्रतिशत छ ।
इन्टरनेटमा खोज्न गुगल प्रयोग हुने भएकाले मानिसको मुखमा गुगल नामको सट्टा क्रिया (गुगल गर्ने) झुन्डिन थालेको छ ।

इन्टरनेटलाइभस्ट्याट्स डटकमका अनुसार यस स्टोरी तयार गर्दाको सेकेन्डमा ५८ हजार ४ सय ३ जनाले गुगलमा सर्च गरिरहेका थिए । यसको हिसाबले त्यस दिन ५ अर्ब ४ करोड ६० लाख जनाले खोजी गरेका थिए ।

हुन त गुगलले यसअघि समेत डुडलमा नेपाललाई समावेश गरेको थियो । विदा मनाउन जान सकिने विश्वका विभिन्न १७ ठाउँका तस्बिरमध्ये एउटा नेपालसम्बधि समावेश थियो ।  डुडलमा मौलिक भेषभुषमा सजिएका ३ नेपाली महिलाको स्केच थिए । उनीह?को पृष्ठभूमिमा ध्वजापताले सजिएको स्वयंभूको थियो ।
 
पर्यटन बर्ष २०११ को पूर्वसन्ध्यामा समावेश गरिएको त्यस डुडलमा क्लिक गर्दा नेपालबारेका सामग्री रिजल्टमा उपलब्ध हुने ब्यवस्था गुगलले मिलाएको थियो । त्यतिखेरको नयाँ डुडल सन् २०१० को क्रिसमसभर (३ दिन) रहेको थियो । त्यसले नेपालको पर्यटन विश्वभर प्रबर्धन गर्न सघाएको थियो ।

के हो डुडल्स

गुगलका सस्थापकह? सन १९९८ मा ल्यारी पेज र सेर्गेइ ब्रिन नेभेदा डेजर्टमा आयोजित ‘बर्निङ मेन फेस्टिभल’ मा सहभागी भएको अबसरमा पहिलो कर्पोरेट लोगो बनाउन लगाएका थिए । त्यस डुडलमा गुगलको दोस्रो ‘ओ’ को पछाडि एउटा लौरोलाई राखिएको थियो ।  

यसले गुगल प्रयोगकर्तालाई सस्थापकह? ‘कार्यालय बाहिर’ छन् भन्ने सन्देश दिएको थियो । पहिलो डुडल तुलनात्मक ?पमा निकै सामान्य थियो तर कम्पनीको लोगोलाई सजाएर महत्वपूर्ण घटनाह?लाई सम्झने सु?आत त्यसबाट भएको थियो ।

त्यसको दुई बर्षपछि सन २००० मा ल्यारी र सेर्गेइले अहिलेका वेवमास्टर डेनिस ह्वाङलाई ‘बास्टाइल डे’ का अबसरमा डुडल बनाउन लगाए । डेनिस त्यतिखेर इन्टर्नका ?पमा गुगल प्रवेश गरेका थिए । क्षमता देखेर डेन्निसलाई चिफ डुडलरका ?पमा नियुक्त गरियो । त्यसपछि उनले नियमित ?पमा गुगल होमपेजमा डुडल प्रस्तुत गर्न थाले । सु?आतका दिनमा डुडलमा पारिवारिक होलिडेजलाई समावेश गरिन्थ्यो । अहिले यसको दायरा फराकिलो भएको छ ।

गुगल टिमले अहिलेसम्म विश्वभरका सामग्रीको २ हजारभन्दा बढी डुडल तयार गरीसकेको छ । डुडलरको ग्रुप नियमित ?पमा बे्रनस्टर्मिङ गरेर कुन इभेन्टमा डुडल तयार गर्ने भनेर डिसाइड गर्छन् । त्यसको आइडिया भने गुगलर्स र गुगल युजर्सबाट आउने कम्पनीको दावी छ ।

जिमेल, युट्युव, म्याप, ड्राइभ, ब्लगर, ट्रान्सलेट, क्रोम, अर्थ, गुगल प्लस, एन्ड्राइडलगायतका दर्जनौ मार्केट लिडर प्रोडक्टको मालिक गुगलले पछिल्लो समय नेपाललाई समेत प्राथमिकता दिइरहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको