Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाको रिफर एण्ड अर्न अफर सार्वजनिक

मंगलबार, १० बैशाख २०७६, १८ : १९ मा प्रकाशित

इसेवाको रिफर एण्ड अर्न अफर सार्वजनिक

अर्थ संसार, काठमाडौं– नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले आफ्ना ग्राहकको हितको लागि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ ।

नगदरहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तरगत इसेवाले हरेक व्यक्तिलाई अभियन्ताका रुपमा प्रोत्साहन गर्न यो अफर सार्बजनिक गरेको हो ।

इसेवाको यो अफर अन्र्तगत इसेवा चलाउन सिकाए बापत प्रति ग्राहक ३० रुपियाँसम्म बोनस प्राप्त गर्न सकिन्छ । यसमा आफ्ना परिवार, साथिभाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्र्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ ।

इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले हरेक नेपालीलाई डिजिटल अभियन्ता बनाउनका लागि रिफर एण्ड अर्न अफर सुरु गरेको बताउनुभयो । उनले भने ‘डिजिटल नेपाल निर्माणका लागि सबै निकायले जोड दिइरहेका बेला हामीले पनि इसेवा मार्फत यो अभियानलाई सार्थक बनाउन रिफर अफर सञ्चालन गरेका हौँ । ’

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । सदस्य रहेका बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

मोबाईल एप्स्बाट मात्र इसेवा मार्फत कारोबार गर्नेहरू दश लाख भन्दा बढि पुगेका छन् । यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट ९इसेवा जोन तथा पोइन्ट० रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको