Like us!
Follow us!
Connect us!
Watch us!

हवाई इन्धनको मूल्यो घट्यो

बुधबार, ११ बैशाख २०७६, ०७ : ४९ मा प्रकाशित

हवाई इन्धनको मूल्यो घट्यो

अर्थ संसार, काठमाडौं – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर आज राति १२ बजेपछि लागू हुने जनाइएको छ ।

मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो ।

निगमले आव २०७५/७६ को कार्यक्रमअनुसार हरेक प्रदेशमा एक–एक वटा आफ्नै एलपी ग्यास बोटलिङ प्लान्ट र आधुनिक पेट्रोल पम्प निर्माण गरी सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको