Like us!
Follow us!
Connect us!
Watch us!

लद्युवित्तमा लगानी गर्ने अर्को अवसर,गुराँस लद्युवित्तको IPO १६ गतेदेखि

बुधबार, ११ बैशाख २०७६, १२ : ४८ मा प्रकाशित

लद्युवित्तमा लगानी गर्ने अर्को अवसर,गुराँस लद्युवित्तको IPO १६ गतेदेखि

अर्थ संसार, काठमाडौं– गुराँस लद्युवित्त वित्तिय संस्थाको साधारण शेयर (आइपिओ) बैशाख १६ गतेदेखि निश्सकान हुने भएको छ । 

संस्थाको जारी पुँजीको ७ करोड ७६ लखको ३२.२६ प्रतिशतले हुन आउने  २ करोड ५० लाख रकम बराबरको प्रति शेयर १००  अंकित दरमा २,५०,००० कित्ता साधारण शेयर निश्कासन हुन लागेको  हो ।

साधारण शेयर जारी पुँजीको ०.५ प्रतिशत अर्थात ३, ८७५ कित्ता शेयर कर्मचारी तथा सर्वसाधारणलाई छुट्याएको मध्ये ५ प्रतिशत अर्थात १२, ५०० कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने २, ३३, ६२५ कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको छ । 

बैंशाख १६ गतेदेखि खुल्ला हुने आइपिओमा मागेजति आवेदन परे छिटोमा बैशाख २० गते बन्द हुनेछ  भने यदि यो अवधिमा आवेदन नपरे ढिलोमा जेठ १४ गते बन्द हुनेछ । यस संस्थाले निश्कासन गर्ने आइपिओको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यस संस्थाले निश्कासन गर्ने साधारण शेयरमा लगानी गर्ने इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

5cc00e2ae67f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको