Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंक अर्बको क्लवमा

मंगलबार, १७ बैशाख २०७६, १२ : २९ मा प्रकाशित

ग्लोबल आईएमई बैंक अर्बको क्लवमा

अर्थ संसार, काठमाडौं– ग्लोबल आईएमई बैंकको नाफा ३२.५६ प्रतिशतले वृद्धिअर्थ संसार, काठमाडौं– ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस वर्षको नौं महिनाको अवधिसम्ममा बैंकले खुद नाफा ३२ दशमलव ५६ प्रतिशतले वृद्धि गरी एक अर्ब ८७ करोड रुपैयाँ  खुद नाफा अर्जन गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको प्रगति विवरणमा माघदेखि चैत महिनामा  ग्लोबल आईएमईले ६४ करोड २७ लाख रुपैयाँँ नाफा कमाउँदा यस अवधिसम्ममा पुग्दा कुल एक अर्ब ८७ करोड २१ लाख रुपियाँ पुगेको हो । वितरणयोग्य लाभांश क्षमतामा ग्लोबल आईएमई बैंकको एक अर्ब ४१ करोड ७४ लाख कायम रहँदा वार्षिक १८ दशबलव ३३ प्रतिशत लभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।

यस अवधिमा ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस वितरण गरेर १० अर्ब ३१ करोड चुक्ता पूँजी कायम गरेको छ । ग्लोबल आईएमईको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २ पैसाले बढेर २४ रुपैयाँ ३१ पैसा रहेको छ ।

भने जगेडा कोषको आकारमा हेर्दा ग्लोबल आईएमईको ५ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा ग्लोबल आईएमई बैंकले एक खर्ब १६ अर्ब निक्षेप संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको