Like us!
Follow us!
Connect us!
Watch us!

श्रमजीवि मजदुर ठग्ने ठेकेदार युनियनको फन्दामा – अध्यक्ष्य रामबहादुर तामाङ

मंगलबार, १७ बैशाख २०७६, १७ : २६ मा प्रकाशित

श्रमजीवि मजदुर ठग्ने  ठेकेदार युनियनको फन्दामा – अध्यक्ष्य रामबहादुर तामाङ

अर्थ संसार, काठमाडौं – श्रमजीवि ट्रेड युनियन महासंघले १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा विशेष अन्र्तक्रिया, सम्मान तथा जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । संसार भरका श्रमजीवि मजदुरहरु एक हौं भन्ने मूल नाराका साथ देशभरका श्रमजीवि मजदुरलाई न्याय दिने उद्देश्यले स्थापना गरिएको हो ।

यस संस्थाले श्रम गरेर श्रमको मूल्य नपाउनेहरुप्रति महासंघ कडा रुपमा प्रस्तुत हुने महासंघका अध्यक्ष्य रामबहादुर तामाङले बताए । उनले हालसम्म नेपालमा मजदुरहरुलाई ठग्ने चार सय जना ठेकेदार तथा अन्य संघ संस्थामा आबद्ध दुई सय जना कर्मचारीलाई श्रमजीवि ट्रेड युनियन महासंघले कारबाही गरेको बताए ।

अध्यक्ष्य तामाङले वर्तमान सरकारले श्रमजीविको लागि नयाँ नीति नियम ल्याएपनि मजदुरहरु मारमा परेको बताए । उनले भने ‘सरकारले गरिवी कार्ड ल्यायो तर धनिहरुले त्यो कार्ड लिए गरिवहरु मथि उठ्न सकेका छैनन्, जो सच्चा मजदुर हो त्यसको उत्थान कहिल्यै नहुने भयो ।’ हाल श्रमजीवि ट्रेड युनियन महासंघले श्रमिकको हक हितका लागि राष्ट्रले रासन कार्डको व्यवस्था गरिनुपर्ने माग गरेको उनले बताए ।

उनले श्रमजीवि मजदुरहरुका लागि सरकारले तोकेको रकम पनि उनिहरुले पुरै पाउन नसकेको दुख व्यक्त गरे । उनले श्रम शोषणमा परेका श्रमजीविहरुलाई न्याय दिन र सरकारले तोकेको तलब भत्ता श्रमीकले पायो कि पाएन यसमा सरकारको ध्यानाकर्ष हुनुपर्ने बताए ।

सरकारले ल्याएको सामाजिक सुरक्षा व्यवस्थामा मजदुरहरु एकदम कम मात्रामा आबद्ध रहेको अध्यक्ष्य तामाङले बताएका छन् । यो व्यवस्थामा असंगठित मजदुरहरलाई आबद्ध हुन कठिन रहेको उनले बताए ।

संगठित रुपमा काम गर्ने श्रमिकलाई उद्योग तथा संघ संस्थाले नै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँछ तर असंगठित रुपमा आज एक ठाउँ भोलि अर्को ठाउँमा काम गर्ने श्रमिकलाई भने सामाजिक सुरक्षा कोष निर्धारण गर्न नसक्दा यस्ता मजदुरलाई यो कोषको प्रभाव नपर्ने उनले बताए ।

उनले अस्थायी मजदुरको हितका लागि सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए ।श्रमजीवि ट्रेड युनियन महासंघमा हालसम तीन लाख सदस्य आबद्ध रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको