Like us!
Follow us!
Connect us!
Watch us!

हाकिमको स्वार्थलाई अगाडी ल्याएर मजदुर वर्गका स्वार्थमा आघात नपार्नुहोस : प्रधानमन्त्री ओली

बुधबार, १८ बैशाख २०७६, १८ : ०८ मा प्रकाशित

हाकिमको स्वार्थलाई अगाडी ल्याएर मजदुर वर्गका स्वार्थमा आघात नपार्नुहोस : प्रधानमन्त्री ओली

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलीले मजदुरबाट एकताको आधार खोज्नुपर्ने बताएका छन् । उनले नेपालको श्रमिक तथा श्रमजीवि आन्दोलनका उपलब्धीहरुलाई बधाई दिँदै यो आन्दोलन सफल र उपलब्धीमूलक बन्दै गएको बताए ।

१३० औं  अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा प्रधानमन्त्री ओलीले नेपालको संविधानले श्रमीक मध्यवर्गीय र चिन्तनलाई आधार मानेर अगाडि बढेको बताउँदै प्रधानमन्त्री ओलीले मजदुरको रगत र पसिना खेर नगएको बताए ।

उनले वर्तमान सरकारले नेपालमा श्रमीकहरुको न्याय र नीतिका काम गरेको दावि गर्दै वर्तमान सरकारले देशमा गरिवी हटाउन बेरोजगारीलाई १०० दिनको रोजगारी दिने ग्यारेन्टी भएको बताए । यदि सरकारले रोजगार दिन नसकेको खण्डमा बेरोजगारी भत्ता उपलब्ध गराउने बताए । उनले यसभन्दा अगाडी कुनै पनि सरकारले मजदुरहरुप्रति बास्ता नगरेको बताए ।

प्रधानमन्त्री ओलीले श्रमीकहरुको पक्षमा सुमधुर सम्बन्ध, औद्योगिक सम्बन्ध, मजदुरहरु र व्यवसायीहरु कीचको सम्बन्ध तथा सरकार व्यवसायीहरुबीचको सम्बन्धमा एकजुट भएर अगाडी बढेकोे बताए । उनले देशले शान्ति र विकास चाहेको भन्दै प्रधानमन्त्री ओलीलीले नयाँ संरचनामा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।

ओलीले अन्य राजनीतिक दलका पार्टिहरुलाई मजदुरहरुको साझा आन्दोलन, साझा उपलब्धी, साझा माग, मिलेर काम, मिलेर गरेको उपलब्धीको उदाहरण दिँदै एकताबद्ध भएर गरेका मजदुरहरुसँग मिलेर देशलाई विकास र एकताबद्ध बाटोमा लैजान मजदुरबाट सिक्न आग्रह गरे ।  उनले भने ‘देशले तल्लो वर्गका जनतासँग मिलेर अगाडी बढ्न चाहन्छ । माथि माथिका स्वार्थहरुलाई अगाडी ल्याएर तल्लो वर्गका स्वार्थमा आघात नपार्नुहोस।’

नचाहिने र अनावश्यक कुरामा नअल्झिइकन देशमा उद्योग र कृषिको विकासमा अघि बढ्नुपर्ने बताउँदै बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउने र नयाँ उद्योगहरु स्थापना गर्नुपर्नेमा जोड दिए ।  

प्रधानमन्त्री ओलीले देशले ठुलो व्यापारघाटा व्यहोरेको भन्दै व्यापार घाटा हटाउन कृषिको आधुनिकिकरण गर्नुपर्ने बताए । उद्योग परिचालन तथा स्थापना गर्नुपर्ने र निर्यातयोग्य वस्तुको उत्पादन बढाउनुपर्नेमा जोड दिए । यसमा उद्यमीहरुले आफ्नो लगानीको अनुकुल उपयोग र मजदुरहरुलाई काम गर्न सहज हुनुपर्ने बताउँदै सामाजिक असमानता हटाउँदै सबै जनताको चेहरामा खुसी देख्न चाहेको बताए ।

कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले विगतका श्रमजीवी मजदुरले ८ घण्टा काम,८ घण्टा आराम र ८ घण्टा चिन्तामा बिताउनु परेको भन्दै अहिले त्यो समस्या समाधानमा लागेको बताए । सरकारले अघि बढाएको श्रमजीवी मजदुरका लागि न्यूनतम पारिश्रमिक र बेरोजगारी भत्ताको व्यवस्था गरेकाले अब चिन्तामा ८घण्टा बिताउनु पर्ने अवस्था अन्त्य भएको बताए ।

एक हप्ताभित्र १ लाख ५० हजार जनशक्तिलाई रोजगारीको कार्यक्रम अघि बढ्ने, आगामी आवमा थप ९० हजारलाई रोजगारी दिइने बताए । उनले आगामी ५ वर्ष्भित्र बाध्यताले वैदेशिक रोजगारीमा विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको