Like us!
Follow us!
Connect us!
Watch us!

समुन्द्री आँधी ‘फानी’ भारतको हुँदै नेपालमा

शुक्रबार, २० बैशाख २०७६, ११ : ५९ मा प्रकाशित

समुन्द्री आँधी ‘फानी’ भारतको हुँदै नेपालमा

अर्थ अंसार, काठमाडौं – अति भयंकर समुन्द्री आँधी ‘फानी’ भारतको ओडिसाको तटीय क्षेत्रमा शुक्रवार बिहान प्रवेश गरेको छ । बङ्गालको खाडीबाट उत्पति भएको फानी नामक आँधी प्रतिघण्टा २ सय किलोमिटरको गतिमा अगाडि बढिरहेको छ ।

आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ । ओडिसाको पुरी शहरमा मध्यान्ह १२ बजेसम्म आँधी प्रवेश गर्ने बताइएको छ । फानीको सम्भावित मार्गबाट ११ लाख मानिसलाई सुरक्षीत स्थानमा सारिएको छ । तटीय क्षेत्रहरुमा रेल र विमान सेवा, दुई बन्दरगाह र शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पुरी शहरमा ८ सय वर्ष पुरानो जगन्नाथ मन्दिरमा फानीको असर पर्न सक्ने बताइएको छ । उद्धार र राहतका लागि भारत सरकारले जल सेनालाई तम्तयार राखेको छ । ७ पानी जाहाज, ६ विमान, र दर्जनौ हेलिकप्टर परिचालन गरिएको छ ।

नेपालको पश्चिमी क्षेत्र रुपन्देही र कैलालीमा शुक्रबार बिहान सामान्य हावाहुरी आएको छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आँधी फानीको नेपालमा आंशिक प्रभाव पर्ने बताएको छ । भारतबाट बंगलादेशतिर पुग्ने क्रममा आँधीको वेग कमजोर हुने र नेपालमा सामान्य प्रभाव देखिने महाशाखाको भनाइ छ ।

शुक्रवार अपरान्हदेखि शनिबारसम्म पूर्वी नेपालमा हावाहुरीसहितको वर्षा र चट्याङ पर्न सक्ने बताउँदै सावधानी अपनाउन सूचना जारी गरिएको छ । शुक्रवार पश्चिमी वायु सक्रिय हुने भएकोले देशैभरी वर्षा हुने अनुमान पनि गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको