Like us!
Follow us!
Connect us!
Watch us!
प्रवेशका लागि १ सयको टिकट काट्नु पर्ने, मेला १८ गतेसम्म चल्ने

सूचना प्रविधिको मेला सुरु, आधुनिक प्रविधिका मोवाइल ल्यापटपलगायतका उपकरण प्रदर्शनीमा

विहीबार, १३ माघ २०७३, १२ : १२ मा प्रकाशित

सूचना प्रविधिको मेला सुरु, आधुनिक प्रविधिका मोवाइल ल्यापटपलगायतका उपकरण प्रदर्शनीमा

फाइल फोटो

अर्थ संसार

काठमाडौं–क्यान महासंघको आयोजनामा सूचना प्रविधिको महामेला क्यान इन्फोटेक बिहीबार राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सुरु भएको छ । महासंघले वर्षेनी आयोजना गर्दै आएको ‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ सामसुङ’ माघ १८ गतेसम्म  हुनेछ ।  

क्यान इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स्लगायतका प्रदर्शकको सहभागीता छ ।

क्यान ईन्फोटेकको मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु छन् । यस्तै ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २२२ स्टल छन् । 

केके छन् मेलामा ?

मेलाको एशोसिएट प्रायोजक सामसुङले नेपालका लागि विशेष फिचर र डिजाइन भएका विभिन्न फोन प्रदशन गरेको छ ।  मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले सि ९ प्रो र ए७–२०१७  मोडलका फोन अनुभव गर्न पाउने ब्यवस्था छ । त्यस्तै डायमण्ड स्पोन्सर नेपाल टेलिकमले मोबाइल प्रविधिको नयाँ फोरजी प्रदर्शन गरेको छ । प्रिन्ट स्पोन्सर खल्तीले डिजिटल पेमेन्ट सिस्टमको प्रदर्शन गरेको छ । 

प्रवेश शुल्क सय रुपैयाँ

मेलाको अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ । विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिइने छ । माघ १७ गते सोमबार ‘विजनेश डे’ हुनेछ । उक्त दिनको प्रवेश शुल्क भने सबैलाई १ सय रुपैयाँ हुने छ ।

मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावली आए विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

आम जनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न अनलाईन टिकटको व्यवस्था छ । अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

अनलाइन टिकट can.org.np वा caninfotech.org.np मा लग अन गरी गर्न सकिने छ । अनलाइन टिकेटिङ एफवानसफ्ट ईन्टरनेशनल र ई–सेवासँगको सहकार्यमा गरिएको हो । 

मेलामा छुटैछुट

यस पटकको प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुटसहितको प्याकेज तथा हाइ स्पिड इन्टरनेट उपलब्ध हुने आयोजकले जनाएको छ । टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले आकर्षक अफर ल्याएका छन् ।

बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध छन् । नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु प्रदर्शनीमा उपलब्ध छन् ।

त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जनसहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत विक्रीको थालनी यसै प्रदर्शनीमार्फत गरिएको छ ।  

 मेलाले स्मार्ट टेक्नोलोजीको प्रबद्र्धनमा जोड दिनुका साथै देशमा डिजिटलाइजेशनको विस्तार गर्ने उद्देश्यसहित इ गभर्नेन्स, इ टुरिज्म, इ हेल्थ, इ एग्रिकल्चर य अवधारणाको विकासमा टेवा पुग्ने क्यान महासंघका अध्यक्ष विनोद ढकालले बताए ।

एसएमएसबाट सामानबारे जानकारी

‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मा प्रदर्शनी गरिने सामान तथा सेवाहरुबारे एसएमएसबाट पनि जानकारी प्राप्त गर्ने ब्यवस्था मिलाइएको छ ।

 यसको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर क्यान स्पेस आफूले खरीद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाईप गरी ३५००१ मा पठाउनु पर्नेछ । 

प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखी प्रुडेन्सियल इन्स्योरेन्सले बीमाको व्यवस्था गरेको छ । प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ । 

मेलामा प्रायोजकको ओइरो

सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङको यस संस्करणको अफिसियल बैक सन्राइज बैंकले टिकट काउन्टरको व्यवस्थापन गरेको छ ।  प्रदर्शनी स्थलमा सनराइज बैंककोे एटिएम सुबिधासमेत छ ।

मेलाको यस संस्करणको शीर्ष प्रायोजक सुविसु तथा एशोसिएट प्रायोजक सामसुङ छ । त्यस्तै प्लाटिनम स्पोन्सर मर्कन्टाईल, डायमण्ड स्पोन्सर नेपाल टेलिकम, गोल्ड स्पोन्सर हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु नेटिस, एस पावर, एमआई स्मार्ट फोन र लेनोभो तथा प्रिन्ट स्पोन्सरमा खल्ती रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको