Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको नौं महिनामा एक अर्ब १४ करोड नाफा

मंगलबार, २४ बैशाख २०७६, ११ : ३१ मा प्रकाशित

नेपाल बंगलादेश बैंकको नौं महिनामा एक अर्ब १४ करोड नाफा

अर्थ संसार, काठमाडौं - नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले यस अवधिमा एक अर्ब १४ करोड खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७३ करोड ८० लाख रुपैंया खुद नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा बैंकको खुद नाफामा साढे ५४ प्रतिशतभन्दा धेरै बढोत्तरी देखिएको हो । बैंकको वितरण योग्य नाफा भने ६० करोड २५ लाख रुपैंया मात्र छ ।

फराकिलो अन्तरले व्यवसाय विस्तार गरेको बैंकको निष्कृय कर्जा अनुपातमा भार बढेको छ । चैत मसान्तसम्म बैंकले ५६ अर्ब ६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उल्लेखित व्यवसायबाट बैंकले २ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ छ भने प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८२ पैसा छ । बैंकको जगेडा कोषमा तीन अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १० पैसा छ ।

मूल्य आम्दानी अनुपात ११.२६ गुणाले बढी रहेको बैंकको निष्कृय कर्जा गत आर्थिक वर्षको चैतमा १.७७ प्रतिशत रहेकामा अहिले १.८६ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको