Like us!
Follow us!
Connect us!
Watch us!

आठ जलविद्युत कम्पनीको वित्तीय विवरण सार्वजनिक, कसको नाफा कति ?

आइतबार, २९ बैशाख २०७६, १५ : १४ मा प्रकाशित

आठ जलविद्युत कम्पनीको वित्तीय विवरण सार्वजनिक, कसको नाफा कति ?

अर्थ संसार, काठमाडौं– जलविद्युत कम्पनीले हिजोआज धमाधम चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । अहिलेसम्म ७ जलविद्युत् कम्पनीले वित्तीय विवरण सार्वजनि गरिसकेका छन् ।

७ मध्ये ३ वटाले मात्रै यो वर्ष खुद नाफा आर्जन गरेका छन भने बाँकी ४ वटाको नाफामा गिरावट आएको छ । चिलिमे जलविद्युत कम्पनी लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सानिमामाई हाइड्रोपावर लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र वरुण हाइड्रोपावर लिमिटेड रहेका छन् ।

सानिमामाई हाइड्रो

यस वर्ष सबैभन्दा धेरै नाफा सानिमामाई हाइड्रोले १३ दशमलव ५५ प्रतिशत बढाएको हो । कम्पनीले गतवर्ष  २० करोड २० लाख ५ हजार खुद नाफा गरेकोमा यस वर्ष  २२ करोड ९३ लाख ८१ हजार छ ।

रिडी हाइड्रोपावर

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा खुद नाफामा झण्डै ६ प्रतिशले बृद्धि गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा ७२ लाख १८ हजार खुद मुनाफा गरेको यस हाइड्रोपार कम्पनीले यस वर्षको सोही अवधिमा ७६ लाख ५१ हजार खुद मुनाफा कमाउन सफल भएको छ ।  

युनाइटेड मोदी

युनाइटेड मोदीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गत वर्षको भन्दा यस वर्ष आफ्ना खुद मुनाफामा ३.६८ प्रतिशतले बढाएको छ । गत वर्ष ५ करोड ६४ लाख ७१ हजार खुद मुनाफा आर्जन गरेकोमा यस वर्ष सोही अवधिमा ५ करोड ८५ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

नेशनल हाइड्रो

गतवर्षको तुलनामा नाफा घटेका कम्पनीमध्ये सबैभन्दा बढी प्रतिशत नेशनल हाइड्रोको घटेको छ । नेशनलले गत वर्षभन्दा ९० दशमलव ६८ प्रतिशत कम  २२ लाख १९ हजार खुद नाफा गरेको हो । यो नाफा गतवर्षको ९ महीनामा  २ करोड ३८ लाख २७ हजार थियो ।

राधि हाइड्रोपावर

यस हाइड्रोपावरले गत बर्ष भन्दा यो वर्ष मुनाफा घटेको छ । गत बर्षको तेस्रो त्रैमाससम्म ४ करोड २३ लाख ३८ हजार  खुद मुनाफा कमाएको हाइड्रो अहिले सोही अवधिमा घटेर ४ करोड १२ लाख ३ हजार रुपैयाँ कमाएको छ । गत बर्षको तुलनामा यो वर्ष सोही अवधिको खुदमुनाफमा २.६८ प्रतिशत कम हो ।

चिलिमे हाइड्रोपावर

चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको त्रैमाससम्मm ५४ करोड ३६ लाख ६९ हजार रुपैयाँ कमाएको छ । सोही अवधिमा गत वर्ष ६५ करोड ८५ दाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको  थियो । नाफामा यो वर्ष गत वर्ष भन्दा १७.४४ प्रतिशतले गिरावट हो ।  

बरुण हाइड्रोपावर

बरुण हाइड्रोपावरको त्रैमाससम्मा आइपुग्दा नाफामा ६१.१४ प्रतिशतले गिरावाट आएको छ । गत वर्ष  ९ महिनामा ५ अर्ब ५४ करोड ५० लाख ८१ हजार खुद मुनाफा आर्जन गरेकोमा सोही अवधिमा यस वर्ष  २ अर्ब १५ करोड ४८ लाख ८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

हिमालयन पावर पार्टनर

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका जलविद्युत् कम्पनीमध्ये हिमालयन पावर पार्टनरको वित्तीय विवरण भने यहाँ उल्लेख गरिएको छैन । हिमालयन पावरको लमजुङमा २७ मेगावाट क्षमताको आयोजना निर्माणाधीन रहेकाले आयोजनाको व्यापारिक उत्पादन शुरू भइसकेको छैन । यसले गर्दा आम्दानी पनि नभएको हो । 

5cd8035b142f7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको